बागलुङ, २८ असार– जिल्लामा २ जना डेंगुका बिरामी भेटिएका छन् । धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि आएका बिरामीहरुमध्ये अहिलेसम्म २ जना डेंगु संक्रमणका बिरामीहरु भेटिएका हुन् ।
अस्पतालका अनुसार अत्याधिक ज्वरो आएपछि अस्पतालमा उपचारका लागि आएका २ जना बिरामीको उपचारका क्रममा रगत परिक्षण गर्दा यो रोख देखापरेको हो । उपचारका लागि अस्पताल पुगेका एक महिला र एक पुरुषको परिक्षणका क्रममा डेंगु देखापरेको अस्पतालका डा. अभिषेश वाग्लेले जानकारी दिए । दुवै बिरामी बागलुङ नगरपालिकाका रहेको डा. वाग्लेले बताए ।
अहिले उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । डेंगु एडिज नामक लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यस रोगबाट बच्नका लागि घरटोल सफा राख्ने र फोहर पानीहरु जम्न नदिने जस्ता सावधानीका उपायहरु अवलम्वन गर्न पनि चिकित्सकहरुले सल्लाह दिएका छन् ।