काठमाडौं, २८ असार– पछिल्लो २४ घण्टामा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय २६ जनाको परीक्षणमा १ सय ७७ जनामा संक्रमण भएको हो ।
जसमध्ये १ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४४ जना र १ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये ८ सय ५३ जना होम आइसोलेसनमा रहेका छन्भने २० जना आइशोलेशन र ११ जना आईसीयूमा छन् ।
यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३ सय १ पुगेको छ ।