९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

परियोजना सकिँदा बेनी अस्पतालको सेवा प्रभावित


रासस
  • ४ साउन २०७९ , बुधबार

  • परियोजना सकिँदा बेनी अस्पतालको सेवा प्रभावित

    म्याग्दी, ४ साउन– स्वास्थ्यकर्मी अभावमा बेनी अस्पतालको सेवा प्रभावित भएको छ । कोरोना कोषबाट तलबभत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था ‘निक साइमन इन्स्टिच्युट’ले पठाएको चार स्वास्थ्यकर्मीको अवधि सकिँदा सेवा प्रभावित भएको हो ।
    कोभिड कोषअन्तर्गत नियुक्त भएका १३ नर्स, चार अनमी, तीन ल्याब टेक्निसियन, तीन हेल्थ असिस्टेन्ट, दुई अहेव, दुई फार्मेसी सहायक, एक ल्याब असिस्टेन्ट र दुई हेल्थ असिस्टेन्टको असार मसान्तदेखि करार अवधि सकिएको छ ।
    असार मसान्तबाट एनएसआइको परियोजना सकिएकाले एक मेडिकल अधिकृत, एक एनेस्थेसिया सहायक, एक स्टाफ नर्स र एक बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अस्पतालबाट बाहिरिएका छन् । एनेस्थेसिया असिस्टेन्ट नै नभएपछि बेहोस बनाएर गर्नुपर्ने सम्पूर्ण उपचार सेवा बन्द भएको छ ।
    अस्पतालले विज्ञप्ति प्रकाशित गरी ३८ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा सेवा प्रभावित भएको जनाएको छ । साना शल्यक्रिया, शल्यक्रिया गरी सुत्केरी गराउने र सर्जिकल गर्भपतनसहित बिरामी बेहोस बनाई गरिने उपचार बन्द भएको विज्ञप्तीमा उल्लेख छ ।
    गत असार महिनामा बेनी अस्पतालमा सुरक्षित प्रसूति सेवा लिएका ९२ मध्ये १८ जनाको शल्यक्रिया गरिएको थियो । सेवा बन्द हुदा सुत्केरी हुने समय पुगेका गर्भवती बागलुङ वा पोखरा पुग्नुपर्ने भएको गुनासो गरेका छन् ।
    अस्पतालमा आठ कन्सल्टेन्ट चिकित्सक र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भएपनि हाल १९ स्वास्थ्यकर्मी मात्रै छन् । ४० जना अपुग छन् । बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले करार अवधि सकिएपछि भएका स्वास्थ्यकर्मीको बिदाइ र थप जनशक्ति व्यवस्थापन नहुँदा समस्या भएको बताए ।
    मेडिकल, सर्जिकल, बालरोग, स्त्रीरोग, नाक–कान–घाँटीसमेतका वार्ड स्थगित गरी प्रसूति, जनरल वार्ड मात्र चलाउनुपर्ने अवस्था आएको उनले बताए । हाल दरबन्दीका १९ बाहेक छात्रवृत्ति करारका तीन कन्सल्टेन्ट, चार मेडिकल अफिसर र अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका अन्य स्वास्थ्यकर्मी छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend