९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पर्वतमा पनि देखियो डेंगु


जनमञ्च संवाददाता
  • ६ साउन २०७९ , शुक्रबार

  • पर्वतमा पनि देखियो डेंगु

    बागलुङ, ६ साउन– उपचारको लागि पर्वत अस्पतालमा आएका दुई जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको छ । पर्वतका अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेंगुको संक्रमण रहेको पुष्टि भएको हो ।
    उनीहरू दुवै जना कुश्मा नगरपालिकाका बिरामीहरू भएको अस्पतालले जनाएको छ । घरमा रहेको बसिरहेको अवस्थामा लगातार ५÷७ दिनसम्म ज्वरो आएपछि उपचारको लागि आएका उनीहरूमा संक्रमणको शंकामा प्रयोगशालामा गरिएको परीक्षणबाट डेंगु रहेको पुष्टि भएको उपाध्यायले जानकारी दिए ।
    स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा सङ्क्रमण पुष्टि भएको बताउँदै गत वर्ष कसैमा पनि पुष्टि नभएको तर त्यसअघि भने संक्रमण देखिएको बताए । संक्रमण देखिनुको अर्थ सबै जना सचेत हुनुपर्ने सूचना मिलेको बताउँदै उनले लामखुट्टेको टोकाइबाट बच्नका लागि सुझाव दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend