११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
बागलुङ नगरपालिकामा बेथिति

नयाँ जनप्रतिनिधि नयाँ काम : प्रतिष्ठानका नाममा पार्टीलाई दामैदाम


जनमञ्च संवाददाता
  • ६ साउन २०७९ , शुक्रबार

  • नयाँ जनप्रतिनिधि नयाँ काम : प्रतिष्ठानका नाममा पार्टीलाई दामैदाम

    बागलुङ, ६ साउन– बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षमा बिभिन्न प्रतिष्ठानका नाममा ३९ लाख रुपैयाँ खर्चिने भएको छ । प्रतिष्ठानमार्फत भवन, पार्क तथा भाषा र संस्कृति संरक्षणको नाममा उक्त रकम खर्चिने भएको हो ।
    बागलुङ नगरपालिकाको ११ औं नगरसभाबाट पारित बजेटमा पिवी स्मृति भवनको नाममा २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । बिपि स्मृति भवनको नाममा निर्माण हुने नेपाली कांग्रेस बागलुङको कार्यालय भवनका लागि २० लाख रपैयाँ बिनियोजन गरेको छ । कांगैसले भवन निर्माण अभियान नै सञ्चालन गरेर बागलुङ नगरपालिका–३ मा भवन निर्माणका लागि जग्गा खरिद गरिसकेको छ ।
    बिपि स्मृति भवनको नाममा निर्माण भएको बागलुङ नगरपालिका–८ सिगानास्थित पार्टी कार्यालय भवन रंगरोगनका लागि समेत पाँच लाख रुपैयाँ बिनियोजन भएको छ । यहाँ कार्यकर्ता तहबाट सहयोग संकलन गरेर भवन निर्माण गरिएको थियो । निर्माण सम्पन्न हुने चरणमा रहेको यो भवनबाट कांग्रेसले स्थानीय तह निर्वाचन परिचालन समितिको कार्यालय खोलेर काम गरिसकेको छ ।
    स्थानीय तह गठनपछिका सबै बर्षहरुमा नगरपालिकाको बजेट पाउँदै आएको बागलुङ नगरपालिका–१३ स्थीत हेमराज शर्मा स्मृति प्रतिष्ठानले चालु आर्थिक बर्षमा पनि ३ लाख बजेट पाएको छ । कांग्रेसका नेता किरण पौडेलका बुवा समाजसेवी हेमराज शर्माको नाममा उनको परिवारले प्रतिष्ठान बनाएको थियो । हरेक बर्ष भाषा र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आएको प्रष्ठिनका लागि नगरले ३ लाख बजेट दिएको हो ।
    प्रतिष्ठानले हेमराज शर्माको योगदानको सम्मान हुनेगरी काम नगरेको भन्दै बेला बेलामा सर्वसाधारणको तहबाट आलोचना हुने गरेको छ । ‘हेमराजको नामको प्रतिष्ठानमा नगरले बजेट दिनु न्यायोचित हो तर कांग्रेसले प्रतिष्ठानलाई पार्टीको मात्रै हो जस्तो बनाएको छ’ पैञ्युपाटाकै एक समाजसेवीले भने ‘बजेट पाउँदा न्याय हुनुपर्ने हो, तर अन्याय भएको महशुस हुन्छ ।’
    त्यस्तै, नगरपालिकाले बागलुङ नगरपालिका–२ मा रहेको ‘जनयुद्धका सहिद स्मृति प्रतिष्ठान’का लागि ११ लाख रुपैयाँ बिनियोजन गरेको छ । नगरको पर्यटन उपशिर्षकमा बिनियोजन भएको बजेटको कामको बिषय भने उल्लेख गरिएको छैन् ।
    जनताको करबाट कुनै पार्टीको भवन बनाउने कार्य सान्र्दभिक नभएको नेकपा एमाले बागलुङले जनाएको छ । नेकपा एमाले बागलुङ नगर कमिटि अध्यक्ष धन बहादुर परियारसहितको टोलीले नगरप्रमुखलाई यस विषयमा ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानका नाममा बजेट बिनियोजन गर्ने र अन्य कार्यहरुमा खर्च गर्ने कार्य देश र जनताका लागि योगदान गरेका बिपि र युद्धका सहिद सबैको अपमान हुने कार्य भएको टिप्पणीसमेत परियारले गरे ।
    बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने विपिकै सम्मानमा भवन बन्नेगरी बजेट बिनियोजन भएको बताउने गरेका छन् । प्रतिष्ठानहरुको कार्ययोजना अनुसार बजेट दिईएकाले अन्य कामका लागि बजेट खर्च नहुने उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend