९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे


रासस
  • १२ साउन २०७९ , बिहिबार

  • दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढे

    दमौली, १२ साउन– तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा संक्रमणजन्य रोगका बिरामी बढेका छन् । उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको संख्या बढ्दै गएको हो ।
    उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अधिकांश रुघाखोकी र ज्वरोका विरामी आएका अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. दिवस ढकालले जानकारी दिए । दिनमा झण्डै तीन सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनले भने, ‘उपचारमा आएका बिरामीमध्ये ४० प्रतिशत रुघाखोकी र ज्वरोका बिरामी छन् ।’
    संक्रमणजन्य रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने भएकाले सुरक्षित हुन होम आइसोलेशनमा बस्न र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए । उपचारमा संलग्न चिकित्सकले लक्षण हेरेर बिरामीलाई औषधि लेखिदिने गरेका छन् । मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुनका लागि एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने चिकित्सक बताउँछन् ।
    टाइफाइड र निमोनियाका लागि भने एन्टीबायोटिक औषधि चलाउनुपर्ने अवस्था रहेको डा. ढकालले बताए । कोभिड जस्तै सर्ने रोग भएकाले बिरामीलाई घरमै सुरक्षित र आराम गरेर बस्न आग्रह गरिएको छ ।
    त्यसैगरी टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको छ । बालबालिकामा निमोनियाको समस्या देखिएको छ भने युवा र उमेर बढी भएका मानिसमा टाइफाइडको समस्या पनि उत्तिकै रहेको छ । उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था भने नआएको सो अस्पतालले जनाएको छ । त्यसैगरी जिल्लाका अन्य मेडिकल क्लिनिकमा पनि यस्ता बिरामीको चाप बढ्दै गएको बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend