२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो


जनमञ्च संवाददाता
  • ३ भाद्र २०७९ , शुक्रबार

  • पाकिस्तानले विलासी वस्तुको आयातमा प्रतिबन्ध हटायो

    काठमाडौं, ३ भदौ\पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार गैर–आवश्यक र विलासिताका सामानहरूको आयातमा प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको छ । मे महिनामा लगाइएको प्रतिबन्धको उद्देश्य वैदेशिक मुद्रा जोगाउने थियो । प्रतिबन्ध लगाइएको अवस्थामा शेहबाज सरिफ सरकारले मुख्यतया जनसङ्ख्यालाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउने विषयमा सोचिरहेको इस्माइलले बताएका छन् ।
    पाकिस्तानका संघीय मन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को माग अनुसार प्रतिबन्ध लगाइएको र अन्तर्राष्ट्रिय समुदायको आह्वानका कारण हटाइएको बताएका छन् । कार, मोबाइल फोन, इलेक्ट्रोनिक उपकरणका साथै माछा र मासुलगायत पूर्ण रूपमा निर्मित वस्तुहरूको आयात घटाउन सरकारले धेरै वस्तुहरूमा उच्च भन्सार लगाउने इस्माइलले बताएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend