११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

समाजबादको आधार तयार गर्न एमालेले जित्नै पर्छ – गुरुङ


जनमञ्च संवाददाता
  • ४ भाद्र २०७९ , शनिबार

  • समाजबादको आधार तयार गर्न एमालेले जित्नै पर्छ – गुरुङ

    बागलुङ, ४ भदौ– नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रियताको रक्षाका लागि आगामी निर्वाचनमा एमालेको जित अपरिहार्य रहेको बताएका छन् ।
    अहिले गठबन्धनमा रहेका दलहरु राष्ट्र र राष्ट्रियताप्रति इमान्दार नरहेको भन्दै गुरुङले नेपालको संबिधानले परिकल्पना गरेको समाजबादको आधार तयार गर्न समेत एमालेले जित्नै पर्ने जिकिर गरे ।
    ‘यो देशमा नेपाली कांग्रेस पराजित हुँदा मात्रै समाजबादको आधार तयार हुन्छ, जबसम्म गठबन्धनका नाममा अन्य दलहरु समेत उसको पछि लाग्छन्, तबसम्म नेपाली जनताले रोज्ने एमाले मात्रै बाँकी रहेको छ’ गुरुङले ‘नेपाली समाजको परिवर्तन समाजबादको स्थापना हो, पुँजीबादको वकालत गर्ने कांग्रेस र उसका पछि लागेका कम्युनिष्ट नाम दिएका दलहरुले त्यो बाटो हिँड्न सक्दैनन् ।’
    नेकपा एमाले बागलुङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार बागलुङ बजारमा सम्बोधन गर्दै गुरुङले मंसिर ४ गते नेपाली राष्ट्रियताको रक्षाका लागि महत्वपूर्ण दिन बन्ने बताए । ‘पछिल्लो एक वर्षे कार्यकालमा पनि एसपीपीजस्तो अमेरिकी सैनिक खडा गर्ने घातक सम्झौता, बिचौलिया राखेर बजेटमार्फत व्यापारीलाई पोस्ने, हतियार किनेर कमिसन खाने आदि काममा गठबन्धनको सरकार लिप्त छ, उनीहरु मुलुकका लागि समस्या मात्रै हुन्’ गुरुङले भने ‘हामी रचनात्मक रुपमा आफ्ना कामहरु गर्छौं, देश विकास, राष्ट्रियता र राष्ट्रिय पुँजी निर्माणका लागि एमाले मात्रै जिम्मेबार पार्टी हो ।’
    गुरुङले पार्टीका कार्यकर्ताहरुले सिद्धान्त र विचारमा विश्वास राख्नुपर्ने बताए । देशमा उत्पादन नबढ्दासम्म राष्ट्रिय पुँजीको विकास नहुने र राष्ट्र बलियो नभएसम्म राष्ट्रियता कमजोर रहने भन्दै उनले विदेशी कम्पनीको सामान बेचेर कमिसन खानेहरु सत्तामा रहँदासम्म जनबिकास सम्भव नरहेको बताए ।
    कार्यक्रममा एमाले सचिव पद्मा अर्यालले लैनचौरमा रहेको भारतीय राजदुतबासले नेपालको सरकारमा रहेका मन्त्रीको हेरफेर गर्ने गरेको आरोप लगाईन् । ‘लैनचौरकै कारण सरकार बन्ने र ढल्ने गरेको छ, त्यसैले हाम्रो निर्वाचन महंगो र भड्किलो हुँदै गएको छ’ अर्यालले भनिन् ।
    कार्यक्रममा एमाले केन्द्रिय सदस्य गोबिन्द नेपाली, इन्द्रलाल सापकोटा लगायतले बिभिन्न बिषयमा प्रशिक्षण दिएका थिए । जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुनको स्वागत र सचिव बिष्णु भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend