११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

९ महिनामै साढे १९ करोडको तास आयात !


जनमञ्च संवाददाता
  • १४ बैशाख २०७९ , बुधबार

  • ९ महिनामै साढे १९ करोडको तास आयात !

    काठमाडौं, १४ बैशाख – ९ महिनामै ९८ लाख ८ हजार ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात भएको छ । ९ महिनाको अवधिमा तासबाट मात्रै सरकारले १० करोड २६ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो ।
    नेपालमा तास -प्लेइङ कार्ड)को प्याकेटको माग उच्च हुन्छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर, यसरी खेलिने तास देशभित्र उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ ।
    बितेको पाँच वर्षमा मात्रै नेपालमा ६ करोड ६२ लाख प्याकेट तास आयात भएको छ । भन्सार विभागका अनुसार यो पाँच वर्षमा १ अर्ब ५ करोडको तास आयात भएको हो । चालु आर्थिक वर्षको तथ्यांक पनि जोड्ने हो भने आकडा करिब १ अर्ब २५ करोड रुपैयाँ पुग्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend