१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

मुस्ताङको थासाङमा नरसाङ गोम्पा पुननिर्माण


जनमञ्च संवाददाता
  • ८ जेष्ठ २०७९ , आइतबार

  • मुस्ताङको थासाङमा नरसाङ गोम्पा पुननिर्माण

    मुस्ताङ, ८ जेठ– मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङ खन्तीस्थित ऐतिहासिक नरसाङ गोम्पा पुननिर्माण कार्य सम्पन्न भएको छ । २०६१ सालदेखि ऐतिहासिक नरसाङ गोम्पाको पुननिर्माण सुरु गरिएको थियो ।
    गण्डकी प्रदेशका सांसद एवं नेकपा एमाले मुस्ताङ जिल्ला इञ्चार्ज चन्द्रमोहन गौचनले पुननिर्माण गरिएको गोम्पाको उद्घाटन गरेका हुन्। सदियौं वर्ष पुरानो ऐतिहासिक तथा धार्मिक गोम्पा खन्तीको पश्चिमतर्फ अवस्थित छ ।
    पुननिर्माणअघि पर्यटन मन्त्रालय अन्र्तगतको पुरातत्व विभागले नरसाङ गोम्पा जोखिममा रहेकोले पुननिर्माण गर्नुपर्ने सल्लाहपछि गोम्पा पुननिर्माण गरिएको हो । गुम्पा पुननिर्माणका लागि गोम्पा संरक्षण तथा व्यवस्थापन समितिसमेत गठन गरिएको थियो ।
    समितिको पहलमा थाकसात सय क्षेत्रका विभिन्न व्यक्तिबाट आर्थिक सहयोग संकलन तथा गण्डकी प्रदेशको विशेष अनुदान, स्थानीय तहको सहयोगमा गोम्पाको पुननिर्माण गरिएको नरसाङ गुम्पा संरक्षण समितिका सचिव अशोक गौचनले जानकारी दिए ।
    गौचनका अनुसार नरसाङ गोम्पा पुननिर्माणका लागि २ करोड ७५ लाख ८४ हजार संकलन गरिएको थियो । जसमा १५ हजारदेखि ५२ लाख रुपैयाँसम्म चन्दा दिने ९७ जना र १५ हजारदेखि तल चन्दा दिने १ सय ८७ जना रहेको गौचनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend