१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

हावाहुरीले गलकोटको ऐतिहासिक कोतघरमा क्षति


जनमञ्च संवाददाता
  • २० जेष्ठ २०७९ , शुक्रबार

  • हावाहुरीले गलकोटको ऐतिहासिक कोतघरमा क्षति
    P]ltxfl;s sf]t3/ afun'ª, @% dªl;/ M afun'ªsf] unsf]6 gu/kflnsf–# l:yt P]ltxfl;s sf]t3/ . gu/kflnsfn] sf]t3/sf] hL0ff]{bf/ ug]{ ePsf] 5 . t:jL/ M /fdaxfb'/ yfkf÷/f;;

    बागलुङ, २० जेठ– हावाहुरीले गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरमा क्षति पु¥याएको छ । केही दिनअघि आएको हावाहुरीका कारण रुख ढल्दा कोतघरको गारो र छानो भत्किएको हो ।
    कोतघर पूजा व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर खत्रीका अनुसार सल्लाको हाँगाले कोतघरको दक्षिणपट्टिको भागमा क्षति पुगेको हो । ‘सिंगै रुख कोतघरमाथि परेका भए झन ठूलो क्षति निम्तने थियो’, उनले भने । चौबिसे राज्यका पालाको उक्त कोतघर रुग्ण अवस्थामा छ । २०४० तिर पुनःनिर्माण गरिए पनि फेरि जीर्णोद्वार गर्नुपर्ने स्थिति छ ।
    ‘यसै त कोतघर धेरै पुरानो भइसक्यो, भूकम्पले पनि चर्काएको थियो’, अध्यक्ष खत्रीले भने, ‘संरचना कमजोर भइसकेकाले सामान्य मर्मतसम्भारले मात्र हुँदैन, पुनःनिर्माण नै गर्नुपर्छ ।’ उनले बर्सातका बेला कोतघरमा थप क्षति हुन नदिन बाहिरी सुरक्षा र सामान्य मर्मतको काम थालिएको बताए । अध्यक्ष खत्रीले कोतघरका लागि दीर्घकालीन संरक्षण योजना चाहिएको उल्लेख गरे ।
    वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले कोतघरको पुनःनिर्माणका लागि नगरमार्फत गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति मन्त्रालय र संघ सरकारसँग सहयोग माग गरिएको बताए । ऐतिहासिक र पुरातात्विक महत्वको भएकाले कोतघरको पुनःनिर्माण त्यसैअनुसार गर्नुपर्ने उनको भनाइ छ ।
    यसअघि पनि नगरकै लगानीमा कोतघर संरक्षण योजनाले गति लिएको भन्दै वडाध्यक्ष खत्रीले अहिले पनि त्यसलाई प्राथमिकतामा राखिने बताए । आव २०७६÷७७ मा कोतघरलाई नगर गौरवको योजनामा समेटेर संरक्षण र विकासको काम थालिएको थियो । कोतघरलाई आकर्षक सम्पदास्थलका रुपमा चिनाउने लक्ष्यसहित नगरपालिका संरक्षणमा जुटेको हो । नगरपालिकाको पहलमा कोतघरको मर्मतसम्भार, हातहतियार प्रतिस्थापन, घेराबार, पदमार्ग, खानेपानी, शौचालयलगायत संरचना बनेका छन् ।
    कोतघरको बृहत् जीर्णोद्धारका लागि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारेको छ । नगरप्रमुख भरत शर्मा गैरेले कोतघरलाई ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी पूर्वाधार बनाइने बताए । उनले हटिया बजार (मध्यपहाडी पुष्पलाल लोकमार्ग) देखि कोतघर जोड्ने पहुँच मार्ग कालोपत्रका लागि पनि डिपिआर बनेको उल्लेख गरे ।
    जीर्णोद्वार या पुनःनिर्माण गर्दा कोतघरको ऐतिहासिकता र मौलिकता जोगाइने नगरप्रमुख गैरेको भनाइ छ । उक्त कोतघरबाट विसं १६३१ देखि १८४४ सम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएका थिए । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल आदि निर्माण गरेका थिए । कोतघरले झण्डै सात रोपनी जग्गा चर्चेको छ । कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend