११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
कार्यान्वयनमा प्रदेश सरकारअघि

बागलुङमा पूँजीगत खर्च न्यून


जनमञ्च संवाददाता
  • २९ जेष्ठ २०७९ , आइतबार

  • बागलुङमा पूँजीगत खर्च न्यून

    बागलुङ, २९ जेठ– चालु आर्थिक वर्ष २०७८÷७९ सकिन करिब एक महिना बाँकी रहँदा बागलुङमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी रहेको छ ।
    जेठ महिनाको पछिल्लो सातासम्म जिल्लामा संघीय सरकारको पूँजीगततर्फ ३१ दशमलव ३५ प्रतिशत र प्रदेशको पूँजीगततर्फ ४४ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
    जिल्लामा संघीय र प्रदेश सरकारले विनियोजन गरेका कार्यक्रमहरु कार्यान्वयनमा प्रदेश सरकारअघि देखिएको छ । वित्तीय प्रगतिमा प्रदेश सरकार संघीय सरकारभन्दा १२ दशमलव ९६ प्रतिशतले अघि देखिएको हो ।
    उक्त कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा संघीय सरकारको चालुतर्फ ८६ दशमलव ८३ प्रतिशत र प्रदेशको चालुतर्फ ५१ दशमलव ५१ प्रतिशत बजेट खर्च भएको देखिएको छ । उक्त कार्यालयले प्राप्त हुने बजेट स्थानीय तहलाई अनुदानसमेत दिँदै आएको छ ।
    ‘तलबभत्ता, प्रशासनिक काम र स्थानीय तहलाई दिइने अनुदानसँग सम्बन्धित चालु बजेटको खर्च सन्तोषजनक छ’, प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले भने, ‘कतिपय पूँजीगत खर्च हुने काम भइरहेका छन्, भुक्तानी नहुने बेलासम्म तथ्यांकमा प्रबिष्ट नहुने भएकाले कम देखिएको हुनसक्छ ।’
    उनले खर्चलाई असारको अन्तमा मात्र नभएर अन्य समयमा पनि कसरी बढाउन सकिन्छ भन्नेमा सबै लाग्नुपर्ने बताए ।
    बागलुङका लागि पूँजीगततर्फ संघीय सरकारले विनियोजन गरेको एक अर्ब ६५ करोड २५ लाख ९९ हजार पाँच सयमध्ये हालसम्म ५४ करोड आठ लाख सात हजार २ सय १९ रुपैयाँ मात्रै खर्च भएको छ । प्रदेश सरकारले विनियोजन गरेको पूँजीगततर्फ एक अर्ब ९३ करोड ४४ लाख ४४ हजारमध्ये रु ८८ करोड ३५ लाख ९ सय ५० रुपैयाँ खर्च भएको छ ।
    चालुतर्फ संघीय सरकारले स्थानीय तहलाई दिने अनुदानसहित सात अर्ब १४ करोड १५ लाख ८५ हजार १ सय ९१ रुपैयाँ विनियोजन भएकामा ६ अर्ब २३ करोड दुई लाख ७७ हजार ६ सय ८३ खर्च भएको छ । चालुतर्फ प्रदेशमा ७५ करोड ९७ लाख २६ हजार विनियोजन भएकामा ४२ करोड ८३ लाख १४ हजार ३ सय ८८ खर्च भएको प्रमुख नियन्त्रक बस्यालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend