१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

बालिकालाई बलात्कार गरि गर्भवती बनाउने वृद्ध पक्राउ


जनमञ्च संवाददाता
  • ३ असार २०७९ , शुक्रबार

  • बालिकालाई बलात्कार गरि गर्भवती बनाउने वृद्ध पक्राउ

    बागलुङ, ३ असार– १५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा बागलुङको निसीखोला गाउँपालिकाका ७५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
    चैत ५ गते बलात्कार गरि बालिकालाई गर्भवती बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोला गाउँपालिका वडा नम्बर १ का ७५ वर्षीय जगलाल विकलाई पक्राउ गरेको हो ।
    जेठ २५ गते स्वास्थ्यमा समस्या आएपछि प्रथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार गर्न पुगेकी बालिका स्वास्थ्य परिक्षणको क्रममा गर्भवती भएको पुष्टी भएपछि सोधपुछ गर्दै जाँदा बलात्कारमा परेको खुलेको थियो । पीडित बालिकाको परिवारले आरोपित विकविरुद्ध जेठ ३१ गते प्रहरीमा उजुरी दिएका थिए ।
    घरमा कोही नभएको समयमा डरधम्की देखाएर बलात्कार गरेका विकले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको पीडित बालिकाले प्रहरी समक्ष बताएकी छन् । बालिकाको जेठ ३१ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend