१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

गाजासहित बागलुङ बजारको एक रेष्टुराँबाट दुई युवा पक्राउ


जनमञ्च संवाददाता
  • ५ असार २०७९ , आइतबार

  • गाजासहित बागलुङ बजारको एक रेष्टुराँबाट दुई युवा पक्राउ

    बागलुङ, ५ असार– बागलुङ बजारको एक रेष्टुराँबाट गाजासहित दुई युवा पक्राउ परेका छन् । बागलुङ बजारको महेन्द्रपथमा रहेको एक रेष्टुराँमा गाजाको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    चितवनको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल बागलुङ नगरपालिका–२ श्रीनगरटोल बस्ने बर्ष २३ बर्षिय समिर अन्सारी र बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २२ बर्षिय राजु थापा गाजासहित पक्राउ परेका हुन् ।
    उनीहरुको साथबाट ३ सय ९० ग्राम लागुऔषध (गाजाको धुलो) बरामद गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । उनीहरुविरुद्ध लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा अनुसन्धान भैरहेको छ । साथै, उनीहरुको साथबाट दुई थान मोबाईल दश हजार पैसा र चुरोट तथा लाईटर बरामद भएको रानाले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend