११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

जैमिनीद्वारा ७१ करोडको बजेट सार्वजनिक


जनमञ्च संवाददाता
  • १० असार २०७९ , शुक्रबार

  • जैमिनीद्वारा ७१ करोडको बजेट सार्वजनिक

    बागलुङ, १० असार– जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ७१ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार दोस्रो नगरसभा तथा पहिलो अधिबेशनमा नगर उपप्रमुख हरिहर शर्माले ७० करोड, ७० लाख ७३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
    नगरले आर्थिक विकासको माध्यमबाट गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने उल्लेख गरेको छ । ‘समृद्ध जैमिनी, खुसी र आत्मानिर्भर नगरबासी’ बनाउने दिर्घकालीन लक्षलाई प्राप्त गर्नेगरी बजेट बिनियोजन भएको शर्माले जानकारी दिए ।
    बजेटले अघिल्लो कार्यकालमा तय भएर सञ्चालनमा रहेका १३ वटा दिगो सडकलाई निरन्तरता दिएको छ । आगामी आर्थिक बर्षमा ५ वटा झोलुंगे पुल, १० किलोमिटर नयाँ सडक र ६० किलोमिटर सडक मर्मत तथा स्तरोन्नती गर्नेगरी बजेट बिनियोजन गरेको शर्माले बताए ।
    नगरका तीन स्थानमा हेलिप्याड निर्माण र एक वर्षमा ३० जना युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम तथा बजेटको व्यवस्था गरिएको बजेट बक्तव्यमा उल्लेख छ । स–साना योजनाहरुमा वितरण गरिएको बजेट कम्तीमा ५० हजारदेखि बढीमा ५ लाखसम्मका धेरै योजना समावेश गरिएको छ । सशर्त, समपुरक र विशेष अनुदानका कार्यक्रमबाहेक बजेटको आकार निकै सानो छ ।
    नगरपालिकाले आगामी आर्थिक वर्षमा विभिन्न शिर्षकमा प्राप्त हुने आन्तरिक आयलाई ९० लाख पु¥याउने लक्ष राखेको छ । समपुरक कोषमा ३ करोड, आर्थिक विकास शिर्षकमा एक करोड ६५ लाख, सामाजिक विकासमा २ करोड ९५ लाख, पूर्वाधार विकासको क्षेत्रमा २ करोड ६ लाख र वन तथा वातावरणको क्षेत्रमा ५० रुपैयाँ विनियोजन भएको छ । चालु खर्च १० करोड २५ लाख ७३ हजार विनियोजन गरेको नगरपालिकाले बिभिन्न विषयगत क्षेत्रमा ३७ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend