११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बागलुङ नगरपालिकाको अनुमानित बजेट एक अर्ब ३१ करोड


जनमञ्च संवाददाता
  • १० असार २०७९ , शुक्रबार

  • बागलुङ नगरपालिकाको अनुमानित बजेट एक अर्ब ३१ करोड

    बागलुङ, १० असार– बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷०८० का लागि एक अर्ब ३१ करोड ११ लाख ७९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख राजु खड्काले बागलुङ नगरपालिकाको ११ औं नगरसभाको दोस्रो बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
    नगरपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण र यान्त्रिकीकरण, उच्च बजार मुल्य भएका कृषि उपज प्रवद्र्धन, कृषक तथा कृषि समुहको प्रोत्साहन तथा पुरस्कार र रायडाँडा कृषि विशेष कार्यक्रम गरी कृषितर्फ ५२ लाख ५० हजार विनियोजन गरेको छ ।
    पशुपालन व्यवसाय प्रवद्र्धन, कृषि तथा पशु मेला, कृषि तथा पशु विमा, माछा मासु बिक्री केन्द्र सुधार लगायतका कार्यक्रमका लागि २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उपप्रमुख खड्काले बताए । स्थानीय अर्थतन्त्रको विकास साझेदार संस्थाको रुपमा रहेको सहकारी क्षेत्रका लागि दश लाख बिनियोजन भएको छ ।
    धार्मिक तथा पर्यापर्यटन पुर्वाधार निर्माण, प्रचारप्रसार लगायत नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम र होमस्टे प्रवद्र्धन, कोशेली घर स्थापना, हनुमान नाच, चैत्राष्टमी मेला, भैरवस्थान हरेलु मेला व्यवस्थापन, पौराणिक संस्कृति संरक्षण र सम्र्वधन लगायतका पर्यटन विकास कार्यक्रमका लागि बजेट बिनियोजन भएको छ । बागलुङ बजारको उपयुक्त स्थानमा विशेष सुविधाको उप–प्रमुख नमुना बजार संचालनको लागि बजेट विनियोजन गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend