११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

तमानखोलाको ३१ र ढोरपाटनको बजेट ५१ करोड


जनमञ्च संवाददाता
  • ११ असार २०७९ , शनिबार

  • तमानखोलाको ३१ र ढोरपाटनको बजेट ५१ करोड

    बागलुङ, ११ असार– बागलुङको तमानखोला गाउँपालिकाले ३१ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गरेको गाउँपालिकाले शिक्षा क्षेत्र प्राथमिकतामा राखेको छ ।
    गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले प्रस्तुत गरेकोे बजेटमा शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, स्वरोगारलाई जोड दिएको छ । कला संस्कृति, पुरातात्विक पहिचान झल्काउन र ग्रामिण क्षेत्रको पहिचान दिलाउनका लागि तमानगाउँका सबै घरलाई एकै किसिमको रंगले रंग्याएर पहिचानसहितको गाउँ निर्माण गरिने बजेटमा उल्लेख छ ।
    जडिवुटि, पार्क निर्माण, ३ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सिपमुलक र आत्मनिर्भरमुखि बनाउने गरी पढ्दै कमाउँदै कार्यक्रमअन्र्तगत कृषि उत्पादन र आर्थिक उर्पाजनमुलक कार्यक्रममा जोड दिइने नीतिमा उल्लेख गरिएको छ ।
    यसैबीच, बागलुङको ढोरपाटन नगरपालिकाले ५१ करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को नगर उपप्रमुख धनबहादुर कायतले उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कृषि, पर्यटन, स्वास्थ्य शिक्षा, रोजगार लगायतका विषयलाई जोड दिईएको छ ।
    सडकको सहज पहुँच, एकघर एक खानोपानी धारा निर्माण गरी खानेपानीको पहुँचलाई विस्तार गर्ने, गरिबी अन्त्य गर्न रोजगार तथा सिपमुलक र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिइने बजेटमा उल्लेख छ । ढोरपाटनले शुक्रबारनै नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend