११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

बागलुङमा २० प्रतिशत रोपाइँ


जनमञ्च संवाददाता
  • १५ असार २०७९ , बुधबार

  • बागलुङमा २० प्रतिशत रोपाइँ

    बागलुङ, १५ असार– जिल्लामा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ ।
    किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले जनाएको छ । अहिले किसान धमाधम धान रोपाइँमा व्यस्त रहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख भनुभक्त भट्टराईका अनुसार गलकोट लगायतका क्षेत्रमा असार अघि नै धान रोप्ने गरे पनि मकै लगाएको अधिकांश क्षेत्रमा ढिलो रोपाइँ गर्ने गरिएको छ ।
    ‘धानखेतीका लागि राम्रो जग्गा मानिने गलकोट आसपासमा अधिकांश रेपाइँ सकिएको छ, तर चैते धान हुने बागलुङ नगर क्षेत्र र मकै उत्पादन हुने जैमिनी आसपासको क्षेत्रमा धान रोप्न बाँकी रहेको छ, बागलुङमा ढिलो नै रोपाइँ हुन्छ, अहिले धमाधम रोपाइँ चलिरहेको छ, किसानले मल अभावमै खेत रोपाइँ सुरु गरेका हुन्’, भट्टराईले भने ।
    बागलुङमा मुख्य बालीका रुपमा रहेको धान खेती छ हजार १२२ हेक्टर जमिनमा हुने गरेको छ । त्यसमध्ये मध्य असारसम्म एक हजार २०० हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको तल्लो भागमा दुई पटक धानखेती हुन्छ । किसानलाई अहिले चैते धान भित्र्याउनसमेत चटारो छ ।
    जिल्लाका अधिकांश धानखेती हुने स्थानमा सिँचाइको व्यवस्था छैन । सिँचाइ नपुगेको स्थानमा किसानले मूलफुटेपछि मात्रै रोपाइँ गर्ने गरेका छन् । जिल्लामा विशेष गरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, गुडुरो र झिनुवालगायतका धान खेती हुँदै आएको छ । बागलुङको बलेवास्थित दम्का फाँट, गलकोट, रेश, मूलपानी, सिगाना र जैमिनी लगायतका क्षेत्रमा बढी मात्र धानखेती हुँदै आएको छ । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend