१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन


जनमञ्च संवाददाता
  • २० असार २०७९ , सोमबार

  • लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन

    म्याग्दी, २० असार– चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो ।
    गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरुप गल्फ खेलेका थिए । लोवथाङमा गल्फ प्रतियोगिता सञ्चालनबारे तयारी भइरहेको विष्टले बताए । उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता सञ्चालनका लागि आर्थिक वर्ष २०७९÷८० मा १० लाख विनियोजन गरेको छ ।
    गत वर्ष लोवथाङमा प्राविधिक टोली पुगेर अवलोकन गरेको थियो । गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि प्रतियोगिता सञ्चालनको योजना बनाएको प्रदेशसभा सदस्य विष्टले बताए । लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ । त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ । करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदान रहेको छ । उक्त मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकले बताएका छन् ।
    गल्फ खेल्न विभिन्न संरचना निर्माण गर्न थालिएको छ । उक्त मैदानसम्म पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend