१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

नेपाल आयल निगम घायल बनेपछि…


जनमञ्च संवाददाता
  • २० असार २०७९ , सोमबार

  • नेपाल आयल निगम घायल बनेपछि…

    काठमाण्डौ, २० असार– नेपाल आयल निगमले पैसा अभाव भएकाले इन्धनको आपूर्तिमै समस्या देखिन सक्ने जनाएको छ ।
    प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्दै निगमले बक्यौता बढ्ने तर मूल्य समायोजन पनि आवश्यकताअनुसार नहुँदा निकट भविष्यमै पेट्रोलियम आपूर्तिमा समस्या आउन सक्ने जनाएको हो ।
    अन्तर्राष्ट्रिय बजार मूल्य अत्यधिक वृद्धि भई सो बमोजिम नेपालमा मूल्य समायोजन हुन नसक्दा मासिक नोक्सानी जुलाई १, २०२२ को मूल्य बमोजिम करिब १० अर्बभन्दा बढी रहेको भन्दै निगमले भारतीय आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम समेत २२ अर्बबाट बढेर जुलाई ८,२०२२ देखि झण्डै ३० अर्ब पुग्ने पत्रमा उल्लेख छ ।
    ‘जटिल अवस्था आएकाले हामीले बाध्य भएर आज सरकारलाई पत्राचार गरेका हौं’, निगम प्रवक्ता विनितमणि उपाध्यायले थाहाखबरसँग भने, ‘सरकारले कि निकास दिनुपर्यो, कि खपत घटाउनुपर्यो ।’
    उनका अनुसार खपत कम गर्नका लागि १० बुँदे सुझाव पनि दिइएको छ । सवारी साधनमा जोरबिजोर लागू गर्नुपर्ने, पेट्रोलबाट चल्ने सवारीलाई एकपटकमा ५ लिटरको कोटा तोक्नुपर्ने, सार्वजनिक विदाको दिन गाडी चलाउन पूर्णरुपले निषेध गर्नुपर्ने लगायतका सुझाव दिइएको उपाध्यायले बताए ।
    ‘निगमले मोटरसाइकललाई एक पटकमा बढीमा पाँच लिटर र कार तथा जीपलगायत साना सवारीसाधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिइएको छ’ उनले भने ।
    यस्तै, विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गमा निःशुल्क चार्जिङ स्टेशन निर्माण गर्ने तथा सार्वजनिक÷निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोक्न सरकारलाई प्रस्ताव गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend