११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

रेमिट्यान्स ३.८ प्रतिशतले बढ्यो


जनमञ्च संवाददाता
  • २९ असार २०७९ , बुधबार

  • रेमिट्यान्स ३.८ प्रतिशतले बढ्यो
    ?????????????????????????????????????????????????????????

    काठमाडौं, २९ असार– जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ ।
    अघिल्लो वर्षको सोही अवधिमा १२ दशमलब ६ प्रतिशतले बढेको रेमिट्यान्समा यस वर्ष भने संकुचन आइरहेको छ । जेठ मसान्तसम्म नेपालमा कुल ९ सय ४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यंक छ ।
    त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलब ५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलब ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३ सय ६७ पुगेको छ ।
    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २ सय ८ दशमलब ३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२ दशमलब १ प्रतिशतले घटेको थियो ।
    समीक्षा अवधिमा खुद ट्रान्सफर ३ दशमलब ६ प्रतिशतले वृद्धि भई १ हजार ६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११ दशमलब ५ प्रतिशतले बढेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend