११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कर तिर्न मुस्ताङदेखि बागलुङसम्म !


जनमञ्च संवाददाता
  • ६ साउन २०७९ , शुक्रबार

  • कर तिर्न मुस्ताङदेखि बागलुङसम्म !

    मुस्ताङ, ६ साउन– मुस्ताङमा कर कार्यालय नहुँदा सेवाग्राहीलाई निकै सास्ती हुने गरेको छ । कोरोनाभन्दा अगाडि बर्सेनि एक पटक जोमसोममा कर शिविर सञ्चालन गरिने भएपनि पछिल्लो ३ वर्षयता कर शिविर सञ्चालन गर्ने टोलीलाई जिल्लामा नखटाइएका कारण पनि समस्या भएको हो ।
    कर कार्यालय नहुँदा र कर शिविर पनि सञ्चालन नहुँदा मुस्ताङका सेवाग्राही आन्तरिक राजश्व कार्यालय बागलुङ धाउनुपर्ने बाध्यता आइपरेको छ । कर कार्यालय नभएको र शिविर पनि आयोजना नहुँदा मुस्ताङका व्यवसायी तथा उद्यमीले महंगो खर्च गरेर सेवा लिनुपर्ने अवस्था रहेको हो ।
    कर कार्यालय नहुँदा मुस्ताङका सेवाग्राहीलाई करदाताले आफ्नो विवरण बुझाउन, राजश्व तिर्न, करको दायरामा जोडिन र कर चुक्ता गर्नमा सास्ती खेप्न बाध्य भएको गुनासो गरेका छन् । मुस्ताङमा कर कार्यालयको अन्तशुल्क प्रशासन हेर्ने जिम्मा कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङलाई जिम्मा दिइएको कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए ।
    हिमाली तथा दुर्गम जिल्लामा व्यक्तिगत स्थायी लेखा नम्बर लिन आन्तरिक राजश्व विभागले सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जिम्मा दिने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसक्दा जिल्लाका सेवाग्राही बाग्लुङ धाउनपर्ने अवस्था रहेको कोष नियन्त्रक अर्यालको भनाइ रहेको छ ।
    कर कार्यालय नभएको र कोष तथा लेखा नियन्त्रण कार्यालयमा जनशक्ति अभाव हुँदा कोलेनिका कार्यालयले नियमित अनुगमन गर्न नसक्दा उद्योग, प्रतिष्ठान र अन्य व्यवसायीलाई करको दायरामा ल्याउन नसक्दा जटिलता उत्पन्न भएको जनाइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend