१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

सेनाको आयोजनामा स्वास्थ्यका लागि दौड


जनमञ्च संवाददाता
  • १५ साउन २०७९ , आइतबार

  • सेनाको आयोजनामा स्वास्थ्यका लागि दौड

    बागलुङ, १५ साउन– युवा खेलाडीहरुले नियमित दौडने काम सामन्य हो । तर प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका कार्यालय प्रमुखहरुनै दौडेर लामो यात्रा तय गरेको कमै देखिन्छ ।
    शनिवार बिहानै बागलुङमा रमाइलो दृश्य देखियो । नेपाली सेनाको श्रीमेहर गणको २ सय ४३ औं वार्षिकोत्सवको अबसरमा ‘रन फर अन हेल्थ’ अर्थात आफ्नै स्वास्थ्यकालागि दौड कार्यक्रममा जिल्लाका अधिकृत स्तरका कर्मचारी, सेना र प्रहरीका अधिकृत समेतले एक साथ दौड सम्पन्न गरे । यो प्रतियोगिता भने होइन ।
    प्रभु बैंक लिमिटेडको सहकार्यमा गणले मैत्रीपूर्ण दौड कार्यक्रम राखेको हो । अधिकृतको साथमा स्थानीय व्यवसायी समेत दौडमा सहभागि थिए । ४० जना सहभागि भएको दौडमा श्रेष्ठ नै प्रथम समेत भए । सेनाको सेराडिल व्यारेक देखि मालढुंगा हुँदै व्यारेकमा पुग्दा सहभागितले १२ किमी यात्रा पार गरेका थिए । उमेर ढल्केका र दिनभर टेवलमा बसेर काम गर्नुपर्ने कर्मचारीकालागि यति लामो दौड चुनौतीपूर्ण थियो । तर पनि उनीहरुले उत्साहपूर्वक भाग लिएको श्रीमेहर गणका गणपति देवभक्त माडि श्रेष्ठले बताए । श्रेष्ठ आँफै दौडमा अग्रमोर्चामा थिए ।
    सेनाको २३ नम्बर बाहिनीपति सहायक रथी रामप्रसाद अधिकारीले दौड अभियानको शुभारम्भ गरे । उक्त अबसरमा श्रीमेहर गणका गणपति प्रमुख सेनानी देवभक्त माडी श्रेष्ठले स्वास्थ्यकालागि खेलकुँद भन्ने राष्ट्रिय नारालाई साकार पार्न अधिकृत स्तरको दौड राखेको बताए । उनले वार्षिकोत्सवमा अन्य आन्तरक खेल प्रतियोगिता समेत समावेश गरिएको जानकारी दिए ।
    वर्षिकोत्सव कार्यक्रमहरु साउन २३ गते सम्म संचालन हुने बताइएको छ । भलिबल, फूटबल लगायतका अन्तरिक खेल संचालन गरिरहेको सेनाले आम नागरिकलाई पनि खेलप्रति जागरण फैलाउन खुला दौड कार्यक्रम राखेको हो । अभियानमा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्याय सहित सबै कार्यालयका प्रमुखहरु सहभागि थिए ।
    दौड प्रतियोगिता एउटा नमूना भएको भन्दै श्रेष्ठले दिनभर कार्यालयमा काम गर्ने र सवारी साधनमा मात्रै यात्रा गर्नेले बिहान एक घण्टा दौडिन सकेमा स्वस्थ्य रहन सकिने पनि बताए । त्यसकालागि सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको उनले प्रष्ट्याए । सेनाले बार्षिकोत्सवको अबसरमा मुल समारोह समेत गर्ने जानकारी दियो । गणको मुख्य कार्यालय घोडाबाँधेमा भएपनि वार्षिकोत्सवका कतिपय कार्यक्रम सदरमुकाममै गर्न लागिएको उनले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend