२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र ईसीजी


जनमञ्च संवाददाता
  • ४ भाद्र २०७९ , शनिबार

  • बडिगाडमा पहिलोपटक भिडियो एक्स–रे र ईसीजी

    बागलुङ, ४ भदौ– बागलुङको बडिगाड गाउँपालिकाले पहिलोपटक भिडियो एक्स–रे र इसिजी सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले सबै वडाका सर्वसाधारण्लाई पायक पर्नेगरी ग्वालीचौर स्वास्थ्य चौकीमा भिडियो एक्स–रे र ईसिजी सेवा सञ्चालनमा ल्याएको हो ।
    यसअघि बडिगाडका कुनै पनि स्वास्थ्य संस्थामा यो सुविधा उपलव्ध थिएन । गाउँपालिकाले सशुल्क फार्मेसी सेवा समेत सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । ‘गर्भवतीका लागि भिडियो एक्सरे कै लागि टाढा टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौं’ भण्डारीले भने ‘सशुल्क फार्मेसीबाट सरकारी स्वास्थ्य संस्थामा पाईने बाहेकका औषधि नजिकैबाट बिरामीले पाउने छन् ।’ उनका अनुसार औषधिहरुमा गाउँपालिकाले सहुलियत दिनेछ । ६ महिनादेखि ५ बर्षसम्मका बालबालिका देखिने कुपोषणको समस्या समाधान तथा उपचार समेत स्वास्थ्य चौकीबाट सुरु भएको भण्डारीले बताए ।
    गाउँपालिकाले शुक्रबारदेखि थप गरेका सेवा तथा फार्मेसिको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले नजिकको सरकार सधैं जनताको साथमै रहने बताईन् । स–सानो उपचार सेवाका लागि जिल्ला सदरमुकाम र जिल्ला बाहिरका अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्रयास थालेको बताईन् । स्वास्थ्य शाखाले दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर भिडियो एक्स–रे र ईसीजी सेवा दिनेछ भने फार्मेसी सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend