२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

कालिका गुठीमा २७ प्रकारका गहना


जनमञ्च संवाददाता
  • ६ भाद्र २०७९ , सोमबार

  • कालिका गुठीमा २७ प्रकारका गहना

    बागलुङ, ६ भदौ– बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको आर्थिक हिसाबकिताबसहित जिन्सी पनि सार्वजनिक गरेको छ ।
    आइतबार पत्रकार सम्मेलन गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाइएको गरगहनाको सार्वजनिक जानकारी गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्षले जिन्सी सार्वजनिक गरेको बताए ।
    सार्वजनिक बिवरण अनुसार गुठीले २७ प्रकारका गहना आइतबार सार्वजनिक गरेको हो । जसमध्ये ११ थान सुनको तिलहरी, २ थान सुनको सिक्री, ४ वटा टिका, ५ वटा मुन्द्र, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औठी, सुनकै जन्तर, नाग, तार लगायत छन् । त्यस्तै चाँदीतर्पm पनि तिलहरी, घोडाा, औठी, पाउजु, जस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो ।
    २०७७ सालअघि मन्दिरमा चढेका गहना जिल्ला स्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियम अनुसार मालपोतमा दाखिला गरेको समेत खड्काले जानकारी दिए । ‘केही सामाग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो’ खड्काले भने, ‘सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।’ कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहना समेत चढाउने गर्छन् ।
    मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् । त्यस्तै मासिक रुपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै १३ लाख २९ हजार रुपैयाँ आर्थिक संकलन भएको जनाइएको छ । उक्त कमाइबाट ९ लाख ४४ हजार खर्चेर ३ लाख ८५ हजार बचत भएको देखाइएको छ । साउनमा मन्दिरमा कमाइ कम हुन्छ । खिर खुवाउने कार्यक्रम लगायतको खर्च भने साउनमा बढी हुन्छ । अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend