१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध


जमुना शर्मा
  • १६ भाद्र २०७९ , बिहिबार

  • पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
    तस्वीर: पर्वतको मोदी गाउँपालिका–५ स्थित अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहानदेखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। तस्बिर:सुमनजङ्ग थापा

    बागलुङ, १६ भदौ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–१० दबल्याङमा सडक अवरुद्ध भएको हो । करिडोरकै फुस्रेखोलामा निरन्तर रूपमा सडकमाथिबाट ढुंगा खसिरहेका छन् ।
    दब्ल्याङहुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए । करिडोर अवरुद्ध भए पनि वर्षा नरोकिँदा सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

    करिडोरको दब्ल्याङमा बुधबारदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् भने फुस्रेखोलामा निरन्तर सडक माथिबाट ढुंगा खसिरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउने योजनामा रहेको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए । ‘दब्ल्याङको पहिरो पन्छाउन त सकिएला तर फुस्रेखोलामासमस्या भयो, ढुंगा हटाउन नेपाली सेनालाई सहयोग मागिएको छ’ खड्काले भने ।
    सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका सँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण एक महिनादेखि बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन करिडोरको सडक प्रयोग गरेर सञ्चालनमा आइरहेका थिए ।

    यसैबीच, पर्वतको मोदी गाउँपालिका वडा नम्बर ५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
    तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले बिहिबार बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।

    वर्षा नरोकिएकाले माथिबाट ढुंगा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाई छ । पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए । यसअघि मंगलबार पनि सोही ठाउँमा पहिरो खसेको थियो । पहिरोका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend