२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

भवन निर्माणमा पहिरो बन्यो बाधक


जनमञ्च संवाददाता
  • २१ भाद्र २०७९ , मंगलबार

  • भवन निर्माणमा पहिरो बन्यो बाधक
    ??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    बागलुङ, २१ भदौ– जैमिनी नगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवन निर्माणको काम रोकिएको छ । वर्षाका कारण सडक बिग्रिएकाले निर्माण सामग्री ढुवानी गर्न समस्या भएको भन्दै निर्माण कम्पनीले काम रोकेको हो ।
    अघिल्लो माघ २१ गतेदेखी काम थालेको निर्माण कम्पनीले पहिलो चरणको काम सकेको छैन् । कुश्मीशेरा बजारमा निर्माण थालिएको भवनको जगमा नै पानी जमेको छ । पहिलो चरणको डिपिसिको काम सुरु भएको भएपनि निर्माण सामग्री ल्याउन नपाउँदा काम रोक्नुपरको निर्माण कम्पनीले जनाएको छ ।
    बागलुङ नगरपालिका–१० दव्ल्याङमा झरेको पहिरोका कारण गिट्टी, बालुवा र सिमेन्टको ढुवानी गर्न नपाएको निर्माण कम्पनी रविना प्राकृतिक जुगल जेभीका सञ्चालक नरेश ओझाले बताए । अहिले काम रोकिएको भएपनि तोकिएको समयमा काम सकिने उनको दाबी थियो । समान्य बर्षा हुँदा पहिरो झरेर बागलुङ कुश्मीशेरा सडक र कालीगण्डकी करिडोर अबरुद्ध हुने भएकाले यो पहिलो निर्माण व्यवसायीको बहाना समेत बन्ने गरेको छ । पहिरो रोकथाम तथा नियन्त्रणका लागि दिर्घकालिन योजना नहुँदा सर्वसाधरणले आवतजावतमा समेत सास्ती खेप्ने गरेका छन् ।
    दक्षिण बागलुङको लागि एक मात्रै नाका हुदाँ दव्ल्याङ पहिरो खस्दा जैमिनी नगरपालिका सडक सम्पर्क बाहिर हुने गरेको छ । ‘अहिले काम रोकिएको बर्षाले सडक बिगारेका कारणले हो, हामी काम धमाधम गर्ने पक्षमा छौं’ ओझाले भने ‘तोकिएको समयमा काम सकिनेमा संका गर्नुपर्दैन् ।’ निर्माण सुरु भएको ८ महिनामा प्रारम्भीक कामसमेत नभएकोमा जैमिनीका स्थानीयले भने चिन्ता गर्न थालेका छन् ।
    भवनको समयमानै निर्माण सक्न निर्माण व्यवसायीसँग कार्यतालिका माग गरिएको ञ्जिनियर बिबेक सापकोटाले बताए । ‘सडकको कारण सामन ल्याउन नसकेको भने निर्माण व्यवसायीको पत्र प्राप्त भएको छ, यो समस्या लामो समय रहने समस्या र्होन’ सापकोटाले भने ‘हामीले वर्किङ् सेडियुल मागेका छौं, त्यो अनुसार काम नभए, पुनः समयमा काम सक्ने आधार सहितको वर्किङ सेडियुल माग्छौं । ”
    कुश्मीशेराका स्थानीयले निशुल्क ८ रोपनी जग्गा दिएपछि नगरपालिका र प्रदेश सरकारको लगानीमा प्रशासकीय भवन निर्माणको काम सुरु भएको हो । १२ करोड १४ लाख रुपैयाँ लागत स्टमेट रहेको भवन निर्माण कम्पनीले भने ८ करोडको खर्चेर बनाउँदै छ । चार तल्ला रहेको भवनमा नगरपालिकाको लागि आवश्यक सबै संरचना तयार हुनेछन् ।
    २०७८ साल माघ २१ गते ठेक्का सम्झौता भएको भवन २०८१ साल पुससम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । नगरपालिकाको आफ्नै प्रशासकीय भवन नहुँला महंगो भाडा तिरेर कार्यालय सञ्चालनमा ल्याइएको छ । भवन निर्माण पश्चात सबै बिषयगत शाखासहित आवासिय सुविधा उपलव्ध हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत खेम आचार्यले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend