८ कार्तिक २०८३ , शनिबार

८ कार्तिक २०८३ , शनिबार
  • ८ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

फरक स्वादमा नयाँ पुस्तक ‘छोरीले जन्माएका आमाहरू’


जनमञ्च संवाददाता
  • २६ भाद्र २०७९ , आइतबार

  • फरक स्वादमा नयाँ पुस्तक ‘छोरीले जन्माएका आमाहरू’

    पोखरा, २६ भदौ – नेपाली पुस्तक बजारमा आउँदै गरेको नयाँ पुस्तक ‘छोरीले जन्माएका आमाहरू’ आफ्नो पृथक् पहिचान र फरक स्वादका लागि चर्चामा छ ।यस पुस्तकमा नेपालबाहिर हाल विभिन्न अमेरिकी राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ ।

    सतहमा बाह्रजना आमाको जीवनगाथा भए पनि पुस्तकले उहिले र अहिलेको समय–अन्तरालमा महिलाले भोग्नु परेका, भोगेका र भोगिरहेका विविध सामाजिक-सांस्कृतिक–राजनीतिक–आर्थिक पहलुहरूबारे रोचक ढंगले बोलेको छ ।

    पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ । यसमा ती आमाहरूको व्यक्तिगत जीवनी छ, उहाँहरू बाँचेको समाजको कथा छ, त्यतिबेलाका महिला–पुरुष अवस्थाको चित्रण छ, आमाछोरी सम्बन्धको संस्मरण छ र हजुरआमा–आमा–छोरी–नातिनीहरूको अन्तरपुस्ता नालीबेली पनि छ ।

    मूलतः यो पुस्तक ‘हर–स्टोरी डक्युमेन्टेसन’ को एक प्रयास हो, आमाहरूको जीवनी र महिलासम्बन्धी इतिहास लेखनको सम्मिश्रण हो र महिलाहरूको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर–अमर तुल्याउने अभियानको एक अंश पनि हो ।

    यसका साथै, सरल भाषा र रोचक शैलीमा लेखिएका उल्लिखित सत्य–कथाहरू निजी र सार्वजनिक ‘स्पेस’ मा आमाहरूले गर्दै आएका गोचर र अगोचर संघर्ष, श्रम र योगदान देखाउने आँखीझ्याल हुन् । अक्षर क्रियसन्सको प्रकाशनमा यही भदौ २७ गते सोमबार विमोचनसहित बजारमा आउँदै गरेको करिब ४५० पृष्ठ लामो यस पुस्तकको मूल्य ६५०र रुपैयाँ छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend