२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

पैयुका जनप्रतिनिधि र कर्मचारीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने


जनमञ्च संवाददाता
  • ३ असोज २०७९ , सोमबार

  • पैयुका जनप्रतिनिधि र कर्मचारीले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

    पर्वत, ३ असोज– जिल्लाको पैयुँ गाउँपालिकाले गाउँपालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
    गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, जनताको जिम्मेवारी बोकेका जनप्रतिनिधि र राज्यलाई सञ्चालन गर्ने कर्मचारीहरूले नै आफ्ना सन्तानलाई निजी विद्यालयमा राख्दा सामुदायिक विद्यालयमा आवश्यक सुधार आउन नसकेको भन्दै यो निर्णय गरेको बताए ।
    यो निर्णय नयाँ शैक्षिक सत्र सुरुवात भएसँगै कार्यान्वयनमा ल्याउने गरी तयारी भइरहेको उनको भनाई छ ।
    ‘हामीले राज्यबाट तलब भत्ता लिएका छौँ । जागिर सरकारी नै खोजिरहेका छौँ । तर हामी हाम्रै विद्यालयहरूलाई विश्वास गरिरहेका छैनौँ । आफूले सामुदायिक विद्यालयमा पढाउने बच्चालाई निजीमा राख्नुले केही शोभा दिन्छ ? हामीले आफैले आफैलाई विश्वास किन नगर्ने,’ अध्यक्ष मल्लले भने ।
    सामुदायिक विद्यालयमा जनताको विश्वास बढ्न सके मात्रै गरिब परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्ने र गाउँपालिकाको शैक्षिक गुणस्तरलाई वर्तमान अवस्थाबाट माथि उठाउने लक्ष्य गाउँपालिकाले लिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend