२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

आत्महत्याबिरुद्ध प्रहरीको सचेतना कार्यक्रम


जनमञ्च संवाददाता
  • ३ असोज २०७९ , सोमबार

  • आत्महत्याबिरुद्ध प्रहरीको सचेतना कार्यक्रम

    बागलुङ, ३ असोज– पछिल्लो समय देशभर बढीरहेको आत्महत्याको दर घटाउन प्रहरीले समुदायको साझेदारीमा सचेतना कार्यक्रम गरेको छ । प्रहरीले आइतबार सचेतना ¥याली तथा प्रभातफेरी र आत्महत्या घटाउन प्रवचन पनि गरेको हो ।
    कार्यक्रममा जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले आत्महत्याको अवस्था, आत्महत्या गराउन उक्साउनेलाई गरिने कानूनी कारवाहीको अवस्था र न्युनिकरणका उपायबारे प्रस्तुतीकरण गर्दै आत्महत्या गराउने प्रमुख कारण समाज भएको भन्दै कोही पनि नागरिकलाई मर्ने छुट नभएको बताए ।
    प्रहरीको प्रतिवेदनमा बागलुङ र नेपालभरि नै आत्महत्याको दर बढीरहेको बताइएको छ । गत आर्थिक वर्ष बागलुङमा ४४ जनाले आत्महत्या गरेको तथ्यांक छ । यतिधेरै आत्महत्या हुनुमा समाजको बेवास्ता बढी देखिएको प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताए ।
    ‘पटक पटकको प्रयास, उसले देखाउने लक्षण र बोल्ने लेख्ने बिषयले व्यक्ति आत्महत्यामा जान सक्छ भन्ने पत्ता लगाउन सकिन्छ’ ज्ञवालीले भने, ‘त्यो लक्षण देखेपछि समाज, घरपरिवार र सरोकारवालाले काउन्सिलिङ गर्न सके ज्यान बचाउन सकिन्छ ।’
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, सामुदायिक प्रहरी सेवा रामरेखाका अध्यक्ष दुर्गाबहादुर आचार्यले आत्महत्या न्युनिकरणमा समाजले खेल्नुपर्ने भूमिकाको बारेमा बोलेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend