२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

द्वन्द्व पीडितले कहिले पाउने न्याय ?


जनमञ्च संवाददाता
  • ८ असोज २०७९ , शनिबार

  • द्वन्द्व पीडितले कहिले पाउने न्याय ?
    ?

    बागलुङ, ८ असोज– जिल्लामा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले द्वन्द्व पीडितहरुको अवस्था निकै कमजोर बन्दै गएको बताएका छन् ।
    उनीहरुले वर्षौँदेखि आफन्तको न्याय लागि लड्दालड्दै भएको जायजेथा समेत सकिन लागको भएपनि न्याय नपाएको गुनासो गरेका थिए । सशस्त्र द्वन्द्वका समयमा बेपत्ता परेका, मारिएका आफन्तको अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको उनीहरुको भनाई थियो ।
    द्वन्द्व पीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो गरिन । विकले द्वन्द्व पीडितहरुको अवस्था दिन प्रतिदिन नाजुक र दयनीय बन्दै गएको भन्दै उनीहरुले जीवनस्तर उकास्न कसैको ध्यान नगपुगेको दुखेसो सुनाइन् । विकले लामो समयदेखि न्याय पाउने आशमा रहेको भन्दै सरकारले यो काम गर्न नसके गाँठो फुकाई दिनुपर्ने मागसमेत गरेकी छिन् ।
    यस्तै, अर्की द्वन्द्व पीडित जशोधादेवी शर्माले न्याय नपाएसम्म आफूहरुको संघर्ष जारी रहने बताइन् । शर्माले विगतमा धेरै थरीका आश्वासनहरु आए पनि यतिका वर्ष बितिसक्दा पनि न्याय पाउने विषयको अत्तोपत्तो नभएको गुनासो गरिन् ।
    शर्माले परिवार गुमाउँदाका पीडा आफूहरुलाई मात्रा थाहा हुने भन्दै सम्बन्धित निकायले बेपत्ता भएका र द्वन्द्वमा ज्यान गुमाएकाहरुको अपमान गरेको बताइन् । शहिद तथा बेपत्ता परिवारका सदस्यहरु लामो समयदेखि न्यायका लागि कचारै तिर भौतारिँदा पनि उनीहरुको पीर ब्यथालाई बुझ्न नसकेको शर्माले बताइन् ।
    सशस्त्र द्वन्द्वका समयमा बागलुङ बागलुङका १ सय ४९ जनाले ज्यान गुमाउनुपरेको थियो भने अहिलेसम्म २४ जना बेपत्ताको सूचिमा छन् । दुई जना भने फेला परेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend