२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बानपामा चल्ने सवारी भाडामा १० प्रतिशत छुट


जनमञ्च संवाददाता
  • १४ असोज २०७९ , शुक्रबार

  • बानपामा चल्ने सवारी भाडामा १० प्रतिशत छुट

    बागलुङ, १४ असोज– सदरमुकाम बागलुङ बजारमा गुड्ने सवारीसाधनले दशैंका बेला भाडामा दश प्रतिशत छुट दिने भएका छन् । बागलुङ नगरपालिका र यातायात व्यवसायीबीच भएको छलफलपछि व्यवसायीले दश प्रतिशत भाडा छुटको घोषणा गरेका हुन् ।
    दशै तिहारको अवसरमा गाडी भाडामा छुट दिने निर्णयले यात्रुलाई सहयोग गर्ने व्यवसायीहरुले बताए । चाडपर्वलाई लक्षित गरी बागलुङ नगरपालिका क्षेत्रमा संचालन हुने सवारी साधनको मौजुदा भाडा दरमा १० प्रतिशत छुट गर्ने सहमती भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।
    पछिल्लो समयमा ग्रामिण भेगमा संचालन हुने यातायातका साधनले चर्को भाडा असुल गरेको भन्ने गुनासो समेत आएको थियो । चाडपर्वको अवसर यात्रा गर्न सहज होस भन्ने उद्देश्यले भाडा छुट गर्ने निर्णय गरिएको सापकोटाले बताए । नगरपालिकाले संयोजन गरेर हाल लिई आएको भाडामा छुट गर्ने र चाडपर्व पश्चात भाडा संयोजन गर्ने बताएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend