१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

बहुउद्देश्यीय कर्भडहल सञ्चालनको तयारीमा


जनमञ्च संवाददाता
  • २० असोज २०७९ , बिहिबार

  • बहुउद्देश्यीय कर्भडहल सञ्चालनको तयारीमा

    बागलुङ, २० असोज– जननेता मदन भण्डारीका नाममा बागलुङमा उद्यान, पदमार्ग र कर्भडहल निर्माण गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटीमा निर्माण गरेको बहुउद्देश्यीय कर्भडहल सञ्चालनको तयारीमा छ ।

    निर्माण समितिका अध्यक्ष लोकेन्द्र केसीले भुइँमा प्लाइ बिछ्याउने र रङरोगनको काम भइरहेको बताए । ‘मुख्य संरचना त गत वर्ष नै तयार भएको हो, छिटपुट कामले गर्दा सञ्चालनमा केही ढिलाइ भयो’, केसीले भने ।

    युवा तथा खेलकुद मन्त्रालयको ३० लाख र बागलुङ नगरपालिकाको पाँच लाख बजेटबाट कर्भडहल बनेको हो । कर्भडहलका लागि जग्गा पनि नगरपालिकाले नै उपलब्ध गराएको थियो । कर्भडहल मुख्य रुपमा ब्याडमिन्टन खेललाई लक्ष्य गरी निर्माण गरिएको एकेडेमीका अध्यक्ष कृष्ण कार्कीले बताए ।

    आवश्यकता पर्दा तेक्वान्दो, करातेजस्ता खेलका लागि पनि कर्भडहलको प्रयोग गर्न सकिने उनको भनाई छ । खेलकुद गतिविधिसहित अन्य सामाजिक कार्यमासमेत उपयोग हुने गरी कर्भडहल निर्माण गरिएको एकेडेमीले जनाएको छ । नयाँ खेलाडी उत्पादनसँगै खेल गतिविधिको प्रवद्र्धनका लागि कभर्डहलले टेवा पुग्ने विश्वास लिइएको छ ।

    सामाजिक हितका काममा समेत प्रयोग गर्न सकिने गरी बहुउद्देश्यीय कर्भडहल बनेपछि स्थानीयवासी पनि खुसी छन् । खेल पूर्वाधारमा राज्यले गरेको लगानी खेर नजाने गरी कर्भडहलको सही सदुपयोग हुनुपर्ने उनीहरुको भनाइ छ ।

    काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा पनि जननेता भण्डारीको स्मृतिमा उद्यान र पदमार्ग निर्माण गरिएको छ । ती संरचनाले वडामा पर्यटकीय आकर्षण थपेका छन् । वडाको आफ्नै लगानीमा रेशको डोटादेउरालीमा ‘मदन स्मृति उद्यान’ निर्माण गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

    यस्तै, संघ र प्रदेश सरकारको लगानीमा रेशको नुन्थलादेखि पर्यटकीय लेक गाजासम्म जोड्ने पदमार्गलाई पनि ‘मदन पदमार्ग’ को नाम दिइएको छ । झण्डै २५ लाखको बजेटमा चार किमी दूरीको उक्त पदमार्ग बनेको वडाध्यक्ष लामिछानेले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend