१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

थाइल्याण्डसँग नेपाल पराजित


जनमञ्च संवाददाता
  • २० असोज २०७९ , बिहिबार

  • थाइल्याण्डसँग नेपाल पराजित

    काठमाडौं, २० असोज– एएफसी अण्डर–१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
    थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरे भने थानाक्रित जाम्पालीले एक गोल गरे । जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।
    छनोटअन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । यस्तै, नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend