२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बागलुङमा स्वतन्त्र उम्मेदवारले पाए सूर्यमुखी फुलदेखि लालटिन चुनाव चिन्ह


जनमञ्च संवाददाता
  • २७ असोज २०७९ , बिहिबार

  • बागलुङमा स्वतन्त्र उम्मेदवारले पाए सूर्यमुखी फुलदेखि लालटिन चुनाव चिन्ह

    बागलुङ, २७ असोज– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयहरुले उमेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरेका छन् । बागलुङका दुईवटै प्रतिनिधिसभा र चारवटै प्रदेशसभामा उमेद्वारी दिएका दलका उमेद्वारहरुले दलको चिन्ह र स्वतन्त्र उमेद्वारहरुले अन्य चिन्ह पाएका छन् ।
    बागलुङ क्षेत्र नं. २ मा स्वतन्त्र उमेद्वारी दिएका तुलसीराम अर्यालले सूर्यमुखी फुल पाएका छन् । अर्का स्वतन्त्र उमेद्वार डिलबहादुर कार्कीले पुतली चिन्ह पाएका छन् ।
    बागलुङ क्षेत्र नं. २ प्रदेशसभा ‘क’मा स्वतन्त्र उमेद्वारी दिएका प्रकाश घर्ती मगरले लालटिन चिन्ह पाएका छन् ।
    सत्ता गठबन्धनको तर्फबाट उमेद्वार रहेका नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनका उनी एकल प्रतिस्पर्धि हुन् । घर्तीलाई एमालेको समर्थन रहेको छ । यहाँ शेरचन र घर्ती मात्रै प्रदेशसभाको उमेद्वार छन् । उनी गत स्थानीय तह निर्वाचनमा पनि ताराखोला गाउँपालिकामा स्वतन्त्र उमेद्वार थिए । स्थानीय तहमा घर्तीले पुतली चिन्ह लिएर उपविजेता बनेका थिए ।
    बागलुङ क्षेत्र नं. २ प्रदेशसभा ‘ख’मा स्वतन्त्र उमेद्वारी दिएकी दुर्गादेवी घर्तीले जेब्रा चिन्ह पाएकी छन्भने अर्का स्वतन्त्र उमेद्वार नरबहादुर गुरुङले बिजुलीको चीम चिन्ह पाएका छन् । बागलुङ क्षेत्र नं. १ मा स्वतन्त्र उमेद्वारी दिएका चन्द्र बहादुर क्षेत्रीले मुढा चिन्ह पाएका छन् ।
    बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा ‘क’मा स्वतन्त्र उमेद्वारी दिएका दिपेन्द्र हमालले उडिरहेको चील चुनाव चिन्ह पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उनीहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend