बागलुङ, ४ कात्तिक– नेकपा एमालेका उमेद्वारहरुले जनताको आवाज संसदमा पु¥याउने अभियान लिएर आँफुहरु घरदैलोमा आएको बताएका छन् । बिहिबार जिल्लाका बिभिन्न क्षेत्रमा पुगेर एमाले उमेद्वारहरुले संसद जनताको दुःख सुःखको बिषयमा बहस र बिधि बनाउने थलो भएको भन्दै त्यसका लागि एमालेले युवाहरुलाई उमेद्वार बनाएर गाउँ पठाएको बताए ।
बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा उमेद्वार डा. सूर्य प्रसाद पाठकले एमालेको सरकार र जनताका बिकासका आशा साकार पार्ने दिन मंसिर ४ गते भएको भन्दै आँफुलाई मत दिन आग्रह गरे । बागलुङ नगरपालिका–४ मा घरघमै पुगेर पाठकले अघिल्लो पाँच बर्षमा संसदमा बागलुङ गुञ्जिएको स्मरण गराए ।
क्षेत्र नं. १ प्रदेशसभा ‘क’का उमेद्वार हिरा बहादुर केसीले प्रदेश बिकासका लागि एमालेको जीत आवश्यक रहेको बताए । एमाले सरकारका पाला गण्डकी प्रदेशमा भएका बिकास निर्माणलाई पूर्णता दिन आँफु नयाँ उर्जाका साथ जनताको दैलोमा आएको बताए ।
नेकपा एमालेले बागलुङ नगरपालिका–८ सिगानामा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । पालिकाभरीका वडाहरुमा चरणबद्ध निर्वाचन केन्द्रित बैठक गरिरहेको छ ।
बागलुङ क्षेत्र नं. २ की उमेद्वार मञ्जु शर्मा चालिसेले निसीखोलामा घरदैलो तथा जनभेटघाट गरेकी छन् । उनले पश्चिम बागलुङका व्यथा अहिलेसम्म संसदमा नबोलिएको भन्दै यहााको आवाज संसदमा पु¥याउन आँफु उमेद्वार भएर आएको बताईन् । क्षेत्र नं. १ प्रदेशसभा ‘ख’का उमेद्वार लक्ष्मण पुनले स्थानीय तहमा जनप्रतिनिधिहुँदा देखेका जनताका समस्या प्रदेशसभामा उजागर गर्ने प्रतिनिधिका रुपमा आँफु उमेद्वार बनेर आएको बताए ।
नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द बहादुर नेपालीले नेपालको राष्ट्रियता र स्वाधीनता रक्षाकालागि नेकपा एमालेको जित आवश्यक रहेको बताए । एमाले बागलुङ निर्वाचन क्षेत्र नं. २ को निर्वाचन केन्द्रित जनभेटघाटअन्र्तगत खर्बाङ बजारमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालीले गठबन्धन नेपाली जनता र राष्ट्रियको पक्षमा नरहेको बताए ।
जनभेटघाट कार्यक्रममा प्रदेश सभाका स्वतन्त्र उम्मेद्बार प्रकास घर्ती मगरले विकास निर्माणको काममा नितिगत समस्या समेत रहेको बताउदै उक्त समस्याहरुको हल गरेर विकास निर्माणको अभियानलाइ तिव्रता दिने बताए ।
जन्मेको ठाउँको विषयमा बहस नगरौं ः पौडेल
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. २ का उमेद्वार देवेन्द्र पौडेलले कसैलाई पनि जन्मथलोकै आधारमा राजनीतिक योगदान कम गरेको आँकलन गर्न नहुने बताएका छन् । पछिल्लो समय नेकपा एमालेले आफ्नो जन्मस्थान र निर्वाचन क्षेत्रको बिषयमा पूर्वाग्रह राखेर प्रचार गरेको आरोप लगाउँदै पौडेलले आँफु आफ्नो निर्वाचन क्षेत्रको विकासमा जिम्मेबार रहेको बताए ।
बागलुङको ताराखोलामा पाँच दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उनले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोपसमेत लगाए । बागलुङका दुरदराजका जनताको पीरमर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा कामगर्ने विश्वास व्यक्त गरे । मध्यपहाडी लोकमार्गहुँदै काठेखोला नरेठाँटी सुरुङ मार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।