बागलुङ, ४ कात्तिक– आगामी मंसिर ४ गतेहुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फको मतपत्रमा प्रतिनिधिसभा बागलुङ क्षेत्र नं. १ मा छ वटा र क्षेत्र नं. २ मा ७ वटा मात्रै चुनाव चिन्ह हुने भएका छन् । दलका उमेद्वारहरुले पाएको दलको चुनाव चिन्ह र स्वतन्त्र उमेद्वारले पाएको चुनाव चिन्ह सहितको वास्तविक नमुना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको हो ।
आयोगले आफ्नो आधिकारीक बेवसाईडमार्फत सार्वजनिक गरेको नमुना मतपत्रमा बागलुङ क्षेत्र नं. १ को मतपत्रमा पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह छभने अन्तिममा स्वतन्त्र उमेद्वारको मुढा चिन्ह राखिएको छ ।
त्यस्तै बागलुङ क्षेत्र नं. २ को मतपत्रमा पहिलोमा एमालेको सूर्य चिन्ह र अन्तिममा स्वतन्त्र उमेद्वारको पुतली चिन्ह राखिएको छ । उमेद्वार नरहेका दलका चिन्ह प्रत्यक्ष निर्वाचनको मतपत्रमा समावेश नरहेको आयोगले जनाएको छ ।
प्रदेसभातर्फ बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा ‘क’मा पाँचवटा र ‘ख’मा चारवटा मात्रै चिन्ह छन् । त्यस्तै क्षेत्र नं. २ को ‘क’मा दुईवटा र ‘ख’मा सातवटा मात्रै चिन्ह छन् । प्रदेसभातर्फ बागलुङ क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’मा दुई जना स्वतन्त्र उमेद्वार रहेका छन् ।