१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

बद्लिदै चुनाव प्रचारशैली


जनमञ्च संवाददाता
  • ५ कार्तिक २०७९ , शनिबार

  • बद्लिदै चुनाव प्रचारशैली

    बागलुङ, ५ कात्तिक– निर्वाचन मिति नजिक आउँदै गर्दा राजनीतिक दलले प्रचारलाई तीब्र बनाउन थालेका छन् । तिहार आएकोले उनीहरुको प्रचार केही दिन रोकिने छ । तर यो पटक अघिल्ला निर्वाचनभन्दा भिन्न शैलीमा दलहरुले प्रचार गरेका छन् ।
    सत्ता गठबन्धनका उमेदवारदेखि एमाले, राप्रपा र अन्य स्वतन्त्र उमेदवारले पनि यो निवर्नाचनमा आमसभा भन्दा घरदैलो, भेटघाट र साना साना समूहमा मत माग्ने गरी गाउँ पसेका छन् । राजमो अध्यक्ष चित्रबहादुर केसीले त आम सभा गरेर जनतालाई भेला पार्ने बेला नभएको बताए । ‘अन्तिममा एकादुइ कार्यक्रम होलान्, नत्र किसानको दैनिकीमा जोडिएर मत माग्ने हो’ केसीले भने, ‘खेतीपातीमा लागेका किसानलाई दुःख दिने नीति बनाउनु हुँदैन ।’ दशै तिहार जस्ता चाडपर्व र खेती थन्क्याउने समय भएकोले चुनावी प्रचारशैली फेरिएको उनले बताए ।
    प्रदेश सभा १ का दिपेन्द्रबहादुर थापा र २ का डिल्लीराम सुवेदीले पनि घरदैलो गरिरहेको बताए । सुवेदी दक्षिण बागलुङका केही गाउँमा पुगेर सामुहिक कार्यक्रममा व्यस्त छन् भने थापा सानो समूहमा मत मागिरहेका छन् । थापाको क्षेत्र सदरमुकाम समेत भएकोले बजार क्षेत्रमा घरघरमा पुग्ने उनको दैनिकी जस्तै छ ।
    क्षेत्र नं. १ कै एमालेका उमेदवार सूर्य पाठकले भने दक्षिण बागलुङका एकदुइ वटा चुनावी सभामा भाग लिइसकेका छन् । ‘एकसाता अघिदेखिनै दक्षिण बागलुङका क्षेत्रमा प्रचारमा पुगेर आयौं’ उनले भने, ‘यो पटक जनताको आवस्यकता बुझ्ने प्रयास गरेका छौं ।’ उनले संसदमा पुग्दा जनताको आवाज पु¥याउने बताए । पाठकले पनि आम सभा प्रकारको भन्दा फरक ढंगले निर्वाचन परिचालन गर्ने बताए । आवस्यक सुझाव संकलनका लागि पनि लागेको उनको भनाई छ ।
    क्षेत्र नं. २ मा भने सत्ता गठबन्धन र एमाले उमेदवारहरु साना साना चुनावी सभा समेत गर्न थालेका छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गलकोट क्षेत्रमा केही सभामा सम्बोधन समेत गरेका छन् । उनको क्षेत्रमा ४७ वटा वडा रहेकोले वडै पिच्छे कार्यक्रम गर्न नभ्याइने भएपछि केही बजार क्षेत्रमा आमसभा गर्ने र अन्यमा भेटघाटमा बढी केन्द्रीत हुने योजना बनाएका हुन् । एमालेकी उमेदवार मञ्जु शर्मा चालिसे पनि घरदैलोमै छिन् । यो पटक सार्वजनिक स्थानमा भाषण गरेर भन्दा जनतालाई भेट्ने गरी उनीहरु जुटेको देखिएको हो ।
    अघिल्ला पटक जस्तो उनीहरुले सामाजिक संजारमा तस्बिर राखेर प्रचार पनि गरेका छैनन् । बरु खेतबारीमा काम गरेका किसानलाई नै भेट्ने र चुनावको जानकारी गराउने काममा लागेका हुन् । ‘अहिले म तमानखोला पुगेर मत माग्दैछु’ उनले भनिन्, ‘स्थानीय आवस्यकताबारे सूचिकृत गरेर संभव हुने काम गर्ने प्रतिवद्धतामा छु ।’ उनले स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्ने बताइन् ।
    राष्ट्रिय स्वतन्त्र पार्टीले भने सामाजिक संजाललाई बढी प्रयोग गरेको छ । सम्पर्क कार्यालय खोलेपनि बजार क्षेत्रमा पनि मत मागिरहेका उनीहरुले पुराना राजनीतिक दलभन्दा फरक बनेर मत माग्ने बताए । घरटोलमा पुग्दा उनीहरुले पुराना दलको आलोचना गरेर मत मागेका छन् । स्वतन्त्र उमेदवार भने बागलुङमा खास छैनन् । भएका एकादुइले पनि क्रियशिलता देखाएका छैनन् । क्षेत्र नं. २ मा मन्त्री पौडेलबिरुद्ध बागी उठेका तुलसी अर्यालले पनि खासै आक्रामक प्रचार गरेका छैनन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend