बागलुङ, ५ कात्तिक– नेकपा एमालेका उमेद्वारहरुले जनभेटघाटलाई तिब्र बनाएका छन् । भेला, बैठक तथा अन्तरक्रियामा सहभागि हुने तथा बँचेको समय जनभेटघाट गर्दै आएका हुन् । शुक्रबार उमेद्वारहरुले जिल्लाका सबै निर्वाचनमा क्षेत्रमा सर्वसाधारणको घर घरमा पुगेर भेटघाट गरेका छन् ।
बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा उमेद्वार डा. सूर्य पाठकले बितेका पाँच बर्षमा एका कामलाई संस्थागत गर्ने र सुरुवात भएर रोकिएका कामलाई पूर्णता दिन फेरी जनताको घरदैलोमा आएको बताए । बागलुङ नगरपालिका–५ र ६ का बिभिन्न टोलमा पुगेका उमेद्वार पाठकले आँफु सधैं जनताकै साथमा रहेकाले जनताले विश्वासको मत दिने बताए ।
क्षेत्र नं. १ प्रदेसभा ‘क’का उमेद्वार हिराबहादुर केसीले देशले युवाको नेतृत्व चाहेको भन्दै एमालेले चुनावी मैदानमा ल्याएका युवा उमेद्वारहरुलाई जिताउन आग्रह गरे ।
बागलुङ क्षेत्र नं. २ प्रतिनिधिसभा उमेद्वार मञ्जु शर्मा चालिसेले शुक्रबारदेखी तमानखोला गाउँपालिकामा जभेटघाट थालेकी छन् । चालिसेसहित क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का उमेद्वार लक्ष्मण पुनपनि जभेटघाटका लागि तमानखोलामा छन् । तमानखोला गाउँपालिका–१ को पहिरागाउँमा शुक्रबार जभेटघाट गर्दै चालिसेले पश्चिम बागलुङले पहिलो पटक आफ्नै गाउँको उमेद्वार संसदमा पठाउने अबसर आएको बताईन् ।
प्रदेशसभा ‘क’का स्वतन्त्र उमेद्वार प्रकाश घर्तीसहित एमाले नेताहरुले गलकोट नगरपालिकाको काँडेबासमा जनभेटघाट गरेका छन् । काँडेबासका सर्वसाधारण्लाई सम्बोधन गर्दै एमाले नेता गोविन्द नेपालीले देशको मुहार फेर्ने र यथास्थिती चाहनेको बीचमा मंसिर चारको चुनाव आएको बताए ।
बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’का उमेद्वार नवराज पौडेलले शुक्रबार जैमिनी नगरपालिका–६ मा जभेटभाट गरेका छन् । पौडेलले पछिल्लो समय बागलुङको दक्षिणमा भैरहेको बसाईसराई रोक्नु प्रमुख चुनौती रहेको बताए । १२ औ जनगणनाको प्रारम्भिक नतिजाले बागलुङमा जनसंख्या घट्दो देखाएको भन्दै पौडेलले त्यसको प्रमुख कारण बसाईसराई भएको बताए । उनले बिकास गाउँ पु¥याउने र बसाईसराई रोक्ने नीति ल्याउन आफु जनताको बीचमा आएको बताए ।