२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

तिहार सुरु हुँदै, आज यमदीप दान गर्ने परम्परा


जनमञ्च संवाददाता
  • ५ कार्तिक २०७९ , शनिबार

  • तिहार सुरु हुँदै, आज यमदीप दान गर्ने परम्परा

    काठमाडौं, ५ कात्तिक– शनिबार यमपञ्चक शुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ । पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ ।
    शनिबार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ । त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार त्रयोदशी लाग्ने भएका कारण शनिबार नै यमपञ्चक सुरु भएको हो ।
    यमपञ्चकको पहिलो दिन यमदीप दान गर्ने परम्परा छ । कात्तिक कृष्ण त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणहरूमा उल्लेख छ । धनतेरस पनि शनिबार नै मनाइँदै छ । बहुमूल्य वस्तु जोड्ने दिनको रूपमा यसको महत्व छ ।
    यमपञ्चक शनिबार नै शुरु भए पनि कागतिहार भने आइतबार परेको छ । यो दिन २७ घडी १८ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ । कागको पूजा गर्ने र उसलाई खानेकुरा खुवाउने दिनको रूपमा चिनिन्छ । यसैदिन आयुर्वेदका देवता धनवन्तरीको जन्मदिन पर्छ ।
    सोमबार चतुर्दशी अर्थात् कुकुरको पूजा गर्ने दिन । यो दिन २७ घडी १५ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म बजेसम्म चतुर्दशी रहेको छ । यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ । चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र बत्ती नदीमा बगाउने विधान पनि छ । यसो गर्दा ‘नरक जानु पर्दैन भन्ने विश्वास छ ।
    यो वर्ष लक्ष्मीपूजा पनि सोमबार नै गरिँदैछ । लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीको रात्रीमा गर्ने विधान छ । भोलिपल्ट बेलुकी औँसी नरहने भएकाले यसै दिन लक्ष्मीपूजा गर्न लागेको हो ।
    मंगलबार औँसी अर्थात् गाईतिहारे औँसी । यो दिन औँसी २५ घडी ५७ पला अर्थात् ४ बजेर ३३ मिनेटसम्म रहनेछ । बिहान गाईको पूजा गरिन्छ । साँझमा भने सूर्यग्रहण लाग्नेछ । नेपाली आकाशमा ३२–३३ मिनेट रहने खगोलविदले जनाएका छन् । खण्डग्रास ग्रहण ४ः५३ मा सुरु भई ५ः२६ मा सकिने छ ।
    बुधबार कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोर्वधनपूजा । कृषिमा सहयोगी गोरुको पूजा गर्ने दिन । यो दिन २३ः३० घडी अर्थात् ३ बजेर ११ मिनेटसम्म बजेसम्म प्रतिपदा छ । यही दिन नेपाल संवत अनुसारको वर्ष फेरिन्छ । ११४३ सुरु हुनेछ । बेलुकी नेवार समुदायले ह्मपूजा अर्थात् आत्मपूजा गर्ने गर्दछ ।
    बिहीबार अर्थात् कात्तिक १० गते भ्रातृद्वितीया अर्थात् भाइटीका परेको छ । यो दिन द्वितीया तिथि २० घडी १ पला अर्थात् २ बजेर १२ मिनेटसम्म द्वितीया तिथि छ । समितिले यो वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend