२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

लोकमार्गका घुम्तीहरु जोखिममा, सवारीसाधन मोड्न खतरा


जनमञ्च संवाददाता
  • ७ कार्तिक २०७९ , सोमबार

  • लोकमार्गका घुम्तीहरु जोखिममा, सवारीसाधन मोड्न खतरा

    बागलुङ, ७ कात्तिक– मध्यपहाडी लोकमार्गको घोडाबाँधे हटियातर्फका घुम्तीहरु जेखिममा परेका छन् । घुम्ती साँघुरा भएकोले सवारी साधन मोड्न खतरा भएको छ भने घुम्तीमा ग्रेड समेत नमिलेको अवस्थाका छन् ।
    त्यति मात्र हैन अधिकांस घुम्तीमा पहिरो खसेका छन् । ती पहिरोको कारण सडकदेखि तल्लो क्षेत्रमा बस्ने मानिसका घरबस्ती नै पहिरोको चपेटामा पर्दै आएका छन् । हिउँदमा बिर्सने यो समस्या बर्षात् लागेपछि फेरी बल्झिन्छन् । कतै पहिरो खसेर बस्ती पुरिने अवस्थामा पुगेका छन् भने कतै सवारी साधन मोड्नै नसकिने अवस्थाका घुम्ती रहेकोले सवारी चालकले पनि समस्या देखाउने गरेका छन् ।
    प्छिल्लो चार बर्षदेखिनै अधिकांस घुम्ती र सडकमा पहिरो खसेको थियो । कतै सडकमै भ्वाङ परेका छन्भने कतै चिरिएर बसेको छ । उबडखावड सडकले तीब्र गतिको सबारी दुर्घटनामा पर्न सक्ने स्थानीय व्यवसायी खगेन्द्र शर्माले बताए । ‘सडक कतैपनि गतिलो छैन, बारबार जोगिएर हिंड्नुपर्ने बाध्यता छ’ शर्माले भने, ‘काम गरेझै देखिन्छ, तर कहिले पनि पुरा हुँदैन ।’ एकातिरबाट थालेको काम अर्कोतिर पुग्दा भत्केर छियाछिया भैसकेको उनले अनुभव सुनाए ।
    कतिपय घुम्तीमा बनाइएका संरचना नै कमजोर भएकोले बनाउन नपाउँदै भत्कने समेत गरेका छन् । कतिपय स्थानमा निरन्तर तीन बर्षदेखि पहिरो थपिइरहेको छ । बिशेषगरी रगेनी, झाँक्रीस्थान, काफलठुटा, मौरीया लगायतका अधिकांस स्थानमा सडक अत्यन्त जीर्ण भएको हो । गत आर्थिक बर्षदेखि नै लोकमार्ग आयोजना कार्यालयले सडक मर्मतको काम थालेपनि त्यो काम गुणस्तरहिन भएको आरोप लाग्ने गरेको छ । ५२ करोड रुपैयाँको लागतमा पुननिर्माण, मर्मत र सुधारका काम थालिएपनि ती काम गुणस्तरहिन भएको गुनासो बढेको हो ।
    लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायण भण्डारीले भने केही स्थानमा गुणस्तर कमजोर भएको गुनासो आएपछि पुगेर गुणस्तरीय बनाउन लागिसकेको बताए । राजमार्गमा बन्ने संरचनामा खोलाखोल्सीको बालुवा ल्याएर प्रयोग गर्दा कमजोर भएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । कतिपय स्थानमा नालीसमेत छैन । नालीमा बग्नुपर्ने पानी बाढी बनेर किसानको खेत पुरिरहेको उनले बताए । सडक छेउमा बनेका पर्खालमा हातैले समाउँदा बालुवा निस्कने गरेको उनले टिप्प्णी समेत गरे ।
    दुदिलाभाटीका दर्जनौं घरहरु पनि सडककै कारण जोखिममा परेका छन् । घुम्तीहरु भत्केर पहिरो खस्दा बस्ती जोखिममा परेको स्थानीय धना खत्रीले बताइन् । ‘कतिपय घरपरिवारले बर्षातमा रात बिताउनै सकेनन्’ खत्रीले भनिन्, ‘सुरक्षित स्थान खोज्दै बस्नु परेको थियो ।’
    राष्ट्रिय राजमार्गका लागि स्थानीय खोलाखोल्सीको बालुवा उपयोगी नहुने र तोकिएको स्थानको बालुवा प्रयोग गर्नुपर्ने मान्यता रहेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए । ‘ठेकेदारहरु आफ्नै फाइदाको बाटो मात्रै खोजेर गुणस्तरहिन सामाग्री प्रयोग गर्न खोज्छन्, हामीले समयमै सचेत गर्न नियमित अनुगनम गर्नैपर्छ’ थापाले भने, ‘स्थानीय तहमा धेरै अनुगमन भएपनि राष्ट्रिय राजमार्गमा अनुगमनको पाटो फितलो भएको छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend