१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

निर्वाचन आयोगले बन्दसूचीबाट ५ सय ५० जनाको नाम हटायो


जनमञ्च संवाददाता
  • ९ कार्तिक २०७९ , बुधबार

  • निर्वाचन आयोगले बन्दसूचीबाट ५ सय ५० जनाको नाम हटायो

    काठमाडौं, ९ कात्तिक– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दलले पेश गरेको बन्दसूचीबाट ५ सय ५० जनाको नाम हटाएको छ ।
    विभिन्न राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि पेश गरेका ६ हजार ४ सय ५७ जनामध्येबाट विभिन्न कारणले अयोग्य ठहरिएका ५ सय ५० जनाको नाम हटाउने निर्णय गरेको हो ।
    जसमा जरिवाना नबुझाउने ३ सय ६९ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, उमेर नपुगेका ५२ जना, सम्बन्धित प्रदेशको मतदाता नभएका १२ जना, फरक लैङ्गिक पहिचान भएका ३७ जना, कागजात नभएका ६ जना, मतदाता नामावलीमा नाम नभएका ६ जना, लाभको पदमा रहेका १ र कालोसूचीमा रहेका १ गरी ५ सय ५० जना बन्दसुचीबाट हटेका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend