२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन


जनमञ्च संवाददाता
  • १६ कार्तिक २०७९ , बुधबार

  • प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन

    म्याग्दी, १६ कात्तिक– जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका प्रवासीको सहयोगमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ ।
    प्रवासी नेपालीको तीन करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको हो । स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको छ ।
    तीन करोड ४५ लाखको लागतमा निर्माण भएको विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका पूर्व प्रधानाध्यापक रामबहादुर पुनले बताए ।
    पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविस जयन्ती माविको भवन २०७२ सालको भूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए ।
    साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि ५० लाख सहयोग उपलब्ध गराउनुबाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले प्रवासमा रहेका भकिम्लीवासीलाई सहयोग आब्हान गरेको थियो ।
    ‘विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीबाट मनग्गे सहयोग भएको छ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष पदम पुनले भने, ‘दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त सहयोगले गाउँका बालबालिकाले सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाउने भएका छन् ।’
    विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरीद गरी गाउँमै भवन निर्माणका लागि इँट्टा बनाएर भवन निर्माण गरेको हो । अहिले रंगरोगन गरेपछि आधुनिक शैलीको सो विद्यालय भवन चिटिक्क देखिएको अध्यक्ष पुनले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend