१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

‘चालु पूँजि सम्बन्धी मार्ग दर्शन व्यवसायी मार्ने नीति’


जनमञ्च संवाददाता
  • १८ कार्तिक २०७९ , शुक्रबार

  • ‘चालु पूँजि सम्बन्धी मार्ग दर्शन व्यवसायी मार्ने नीति’

    बागलुङ, १८ कात्तिक– नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रीक नीति र त्यसपछि आएको चालु पूँजि सम्बन्धी मार्ग दर्शन व्यवसायी मार्ने नीति भएको बागलुङका व्यवासयीले बताएका छन् । बागलुङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन तथा बिज्ञप्ती जारी गर्दै कोभिडबाट तहसनहस भएको व्यवसायलाई नेपाल राष्ट्रबैकले ल्याएको नीतिले थप संकटमा परेको बताएका हुन् ।
    चालु पूँजि मार्ग निर्देशन २०७९ लाई आधार बनाएर नेपालका बैंक तथा बित्तिय संस्थाले पटक पटक व्याजदर बढाउने काम गर्दा व्यवसायी मारमा परेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलले टिप्प्णी गरे । किस्ताबन्दी रुपमा सेवा शुल्क लिएर कर्जा नगविकरण गराउने, कर्जा नविकरणको अवधिलाई त्रैमासिक बनाएर पटक पटक शुल्क असुल गर्ने तथा बाहिर आर्कषण देखाएर निक्षेप संकलन गर्ने तर कर्जा लगानी नै नगर्ने चाल गरेको व्यवसायीले टिप्पणी गरेका हुन् ।
    ऋणीको जग्गा वा सम्पत्ति बैंकले धितो सुरक्षण गर्दा पूर्वमूल्यांकन रकमलाई एक्कासी अबमूल्यन गरिएको पनि व्यवसायीको गुनासो छ । ‘पहिला ५ करोड मूल्यांकन भएको धितो अहिले १ करोड पनि गरिंदैन’ महासचिव ऋषिराम गौतमले भने, ‘व्यवसायीले गरेको लगानी डुब्दा साथ दिनुपर्ने बैंकहरु त्यहीबेला दुःख दिने गरी आएका छन् ।’
    कर्जा भुक्तानकी लागि थर्काउने, तर्साउने र मनोमानी जरिवाना तोक्ने प्रवृत्तिले देशभरका लाखौं व्यवसायी धरासायी बन्ने उनीहरुले बताए । बैंक तथा बित्तिय संस्थाको कुल कर्जाको ८० प्रतिशत देशभरका ५० जना व्यपारीको हातमा रहेकोले साना तथा मझौला व्यपारी सबैभन्दा बढी समस्यामा परेको उनीहरुले बताए ।
    ‘अहिले १० लाख ऋण लिएर व्यवसाय गर्नेलाईपनि दिइएको छैन’ संघका सदस्य महेन्द्र शर्माले भने, ‘नियोजित रुपमा बैंकले नाफा मात्रै कमाउने, व्यवसायीलाई मार्ने र माथी उठ्नै नदिने नीति बन्दापनि सरकार मुकदर्शक बनेको छ ।’ व्यवसायीले तत्काल बैंकको नीति सच्चिनुपर्ने माग गरेको हो । त्यसकालागि व्यवसायीले गण्डकी प्रदेश स्तरीय छलफल राखेको बताए ।
    शुरुवातमा कुनै उद्योग बाणिज्य संघ वा व्यपारीले गरेको देखिएपनि देशभरको समस्या भएको भन्दै राज्यको ध्यानाकर्षण गराउन उनीहरुले माग गरे । कुनै व्यक्तीले बढी व्याज लिएमा मिटर व्याजी भनेर कारवाही गर्ने सरकारले १८ देखि २४ प्रतिशत सम्म व्याज लिने बैंकलाइृ कालो सूचिमा राख्न नसकेको भन्दै व्यवसायीले सरकार बढी जिम्मेवार नबनेमा व्यवसायीहरु पेशाबाट पलायन हुने पनि चेतावनी दिए । कतिपय साना तथा मझौला व्यपारीले पेशा छाडिसकेको उनीहरुले सुनाए ।
    कोरोना संक्रमण र लामो समय भएको लकडाउन, रुस युक्रेन युद्द लगायतका कारणले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि तथा नेपालको निर्यात नहुन्ुले पनि यो परिस्थिति सिर्जना भएको कतिपयको भनाइ छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend