बागलुङ, १८ कात्तिक– बिहिबार दिउँसो बागलुङमा भएको दुर्घटनामा दुइ जना घाइते भएका छन् । बिपरित दिशाबाट आएका दुइवटा मोटरसाइकल एक आपसमा ठोकिंदा भएको घटनामा दुइ जना गम्भिर घाइते भएका हुन् ।
पोखरा बागलुङ राजमार्गअन्र्तगत बागलुङ नगरपालिका–१ को गणेश घुम्तीमा बिहिबार दिउसो दुइ मोटरसाइकल एक आपसमा ठोकिएका थिए । मालढुंगादेखि बागलुङ आएको ध १ प ३३२ नम्बरको मोटरसाइकल र बागलुङदेखि मालढुंगा जाँदै गरेको ध २ प २१९७ नम्बरको अर्को मोटरसाइकल ठोकिंदा घटना भएको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए ।
घटनामा दुवै मोटरसाइकलका चालक गम्भिर घाइते भएका हुन् । घाइतेमधये कुश्मा नगरपालिका–१० पिपलटारीका २३ बर्षिय रोहित भुषालको खुट्टा भाँचिएको छ भने बागलुङको काठेखोला गाउँपालिका ५ बिहुँका १९ बर्षिय मनिष कंडेलको शरीरभरीनै चोट लागेको छ । भुषालको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । कंडेलको भने प्राथमिक उपचारपछि पोखरा रिफर गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिए ।