२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बदर मत घटाउन मतदाता शिक्षा अभियान


जनमञ्च संवाददाता
  • २५ कार्तिक २०७९ , शुक्रबार

  • बदर मत घटाउन मतदाता शिक्षा अभियान

    बागलुङ, २५ कात्तिक– गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागलुङमा झण्डै ११ प्रतिशत मत बदर भएको तथ्यांक छ । आंशिक र पूर्ण बदर मतको प्रतिशतलाइ हेर्दा मतदाता शिक्षाको अभाव देखिन्छ । १०.६३ प्रतिशत मत बदर भएपछि जिल्ल निर्वाचन कार्यालय आगामी मंसिरमा त्यो संख्या घटाउने अभियानमा लागेको छ ।
    हरेक निर्वाचनको समयमा बिभिन्न समस्याहरुका कारण मत बदर हुने गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भने बदर मत कम गर्ने लक्ष्य राखिएको छ । चार वटा मतपत्रमा मतदान गर्नुपर्ने निर्वाचनमा कसरी मतदान गर्ने र मतदान केन्द्रको स्थिती कस्तो हुने भनेर सहजताका लागि बागलुङमा नमुना मतदान कार्य संचालन गरिएको छ ।
    जिल्ला निर्वाचन कार्यालय बागलुङले बागलुङका दश पालिकामा नमुना मतदान कार्य संचालन गरिरहेको हो । बागलुङमा आइतबारदेखि नमुना मतदान कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए । सूचना अधिकारी शर्माले चार स्थानीय तहमा नमुना मतदान भएको बताए ।
    ‘अहिलेसम्म निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने गलकोट नगरपालिका, निसीखोला, बडिगाड, ताराखोला गाउँपालिकामा नमुना मतदानको कार्य सम्पन्न भइसकेको छ, शर्माले भने, ‘क्षेत्र नम्बर २ मा पर्ने ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकासहित क्षेत्र नं. १ मा पर्ने बागलुङ, जैमिनी नगरपालिका, काठेखोला र बरेङ गाउँमा केहि दिनमा सम्पन्न गर्छौ ।’
    धेरै मतदातले मतदान गर्दा मत बदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य सुरु गरेको सूचना अधिकारी शर्माले बताए । उनले हालसम्म सम्पन्न भएका नमुना मतदानमा केही मतमात्र बदर देखिएपनि अधिकाशंले बदर नगरेको बताए । ‘नमुना मतदान कार्यमा निसीखोला गाउँपालिकामा १, २ मतहरु बदर भएको पाइयो,’ सूचना अधिकारी शर्माले भने, ‘अन्य पालिकामा बदर मत देखिएन । निसीखोलामा पनि जानेकैले कस्तो हुँदो रहेछ भनेर जानीजानी बदर गरेको जस्तो देखियो ।’
    नमुना मतदानले मत बदर नहुने विश्वास गरिएको सूचना अधिकारी शर्माको भनाई छ । नमुना मतदानमा सम्बन्धित पालिकाका स्थानीय, कर्मचारी र सुरक्षाकर्मीहरुको सहभागिता रहने गरेको छ । बागलुङमा मत बदर नहोस् भनेर मतदाता शिक्षा कार्यक्रम पनि संचालन गरिएको छ । कार्तिक १८ गतेदेखि स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरि घर घरमा मतदाता शिक्षा दिन सुरु गरिएको शर्माले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend