बागलुङ, २७ कात्तिक– धौलागिरी एफएम प्रालिको १८ औ बार्षिकोत्सवको अवसरमा बागलुङमा रहेको मानव सेवा आश्रमलाई बिभिन्न सामाग्री प्रदान गरिएको छ ।
धौलागिरीको पहिलो बिद्युतिय संचारमाध्यम धौलागिरी एफएम बागलुङको १८ औँ बार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रममा रहेकाहरुको लागि खाद्यान्न, न्यानो कपडा र सरसफाईका सामाग्री प्रदान गरिएको हो ।
बार्षिकोत्सवको अवसरमा बिभिन्न रचनात्मक तथा मानविय सेवातर्फ पनि सहयोग गर्दै आएको एफएमले आश्रमको आवश्यकता अनुसार खाद्यान्न, न्यानो कपडा र सरसफाईका सामाग्री प्रदान गरेको कार्यक्रमका संयोजक रञ्जिता शर्माले जानकारी दिइन् ।
सामाग्री एफएमका अध्यक्ष हरिनारायण गौतम, स्टेशन प्रमुख उमाकान्त शर्मा, सहसम्पादक कोपिला कँडेल लगाएत एफएममा कार्यरत प्राविधिक तथा प्रस्तोताहरुले आश्रमका संयोजक बिपना तामाङलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष गौमले मानविय सेवासंग जोडिनका लागि एफएमले प्रत्येक बर्ष बार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको बताए । उनले आश्रमको भवन निर्माण हुँदै गरेको अवस्थामा एफएम पनि कुनै हिसाबले जोडिने बताए ।
कार्यक्रमा आश्रमका संयोजक बिपना तामाङले मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको संचालन एफएमका सम्पादक ताराप्रसाद शर्माले गरेका थिए ।