२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

पैँदी क्षेत्रमा न्वागी मेला हुँदै


जनमञ्च संवाददाता
  • २९ कार्तिक २०७९ , मंगलबार

  • पैँदी क्षेत्रमा न्वागी मेला हुँदै

    बागलुङ, २९ कात्तिक– बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आगामी मंसिर पाँच गतेदेखि न्वागी खाने पर्व हुँदैछ । वर्षेनि धानबाली भित्राएपछि मंसिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ । ज्योतिषले निकालेको शुभमूर्हतमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत हुनेछ ।
    गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे । विसं. १७३४ सालदेखि बागलुङ पश्चिमको बडिगाड गाउँपालिका–५ खारमा यस्तै एक पर्व मनाईन्छ । जहाँ पुर्खाको योगदान, सहयोगि भवना र स्थानस्यको खुसी समेटिएको छ ।
    १२ औं शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५ औं शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसी र चौवीसी राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भु–भागको रुपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा पर्दथ्यो । साथै, दगाको केही क्षेत्र मुसिकोटको मौजा समेत रहेको इतिहास छ ।
    सोही इतिहाससंग जोडिएको पौदीं क्षेत्रको आफ्नो छुट्टै ईतिहाँस रहेको छ । बागलुङको साबिक जलजला, ग्वालीचौर र गुल्मीको पौदीअमराई गाविसलाई पौदीं क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरुको उल्लेख्य बस्ती रहेको र उनिहरुकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पनि भन्ने हुन्छ । जुन शब्दपछि अपभ्रंश भएर पौंदी बन्न गएको बडिगाड–५ का स्थानिय कृष्ण बहादुर घिमिरेले बताए । ‘रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटिय क्षेत्रलाई नै पौंदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ’ घिमिरेले भने ।
    मध्यकालिन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रम्मा एक समय ईस्मा राज्यको सिमाना साबिकको ग्वालीचौर गाविसको दारेगौंडासम्म आईपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौंदी मौजा राजनैतिक महत्वको रहकोे र यसै खुशीयालीमा न्वागी पर्व मनाउन थालिएको घिमिरेले सुनाए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend