२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

अनावश्यक रुपमा सवारीसाधन नचलाउन प्रशासनको आग्रह


जनमञ्च संवाददाता
  • ३ मंसिर २०७९ , शनिबार

  • अनावश्यक रुपमा सवारीसाधन नचलाउन प्रशासनको आग्रह

    बागलुङ, ३ मंसिर– जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनको दिन अनावश्यक रुपमा सवारी साधन नचलाउन आग्रह गरेको छ ।
    आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिनको अनावश्यक रुपमा सवारी साधन नचलाउन आग्रह गर्दै प्रशासन कार्यालयले अनावश्यक सवारी सँचालन गरेको पाइएमा कारवाहि गर्ने जनाएको छ ।
    सवारी आवागमन व्यवस्थापन सम्वन्धी सवारी पास चाहिने र नचाहिने बिषयमा जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना जारी गर्दै निर्वाचनको दिन मतदाता ओसारपसारको नाममा अनावश्यक सवारी नचलाउन आग्रह गरेको छ ।
    प्रशासनले उम्मेदवार वा उम्मेदवारको १ जना निर्वाचन प्रतिनिधिले मापदण्ड बमोजिम सम्वन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयबाट सवारी आवागमन पास लिई सवारी साधन सञ्चालन गराउन पाउने जनाएको छ । एम्बुलेन्स, ट्याङकर, दुध बोक्ने सवारी साधन र दमकललाई भने पास नचाहिने कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
    सूचना तथ प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार माध्यम त्यस्तै प्रकृतिको नियामक जारी गरिएको प्रेस पास वा प्रचलित कानून बमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्वन्धित सञ्चारगृहबाट जारी परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनलाई पनि पास नचाहिने सुचनामा जनाएको छ ।
    त्यस्तै दूर सञ्चार तथा केबल सेवा, शव वाहन, अस्पतालका स्वास्थकर्मी आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले, प्रयोग गर्ने सवारी साधन, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, विद्युत सेवा ईन्धन र ग्याँस ढुवानी जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनहरुलाई पास नचाहिने भएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend