१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

बागलुङमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक प्रक्षेपण


जनमञ्च संवाददाता
  • ५ मंसिर २०७९ , सोमबार

  • बागलुङमा ५५ प्रतिशत मतदान भएको प्रारम्भिक प्रक्षेपण

    बागलुङ, ५ मंसिर– आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । अनुमानित अंक भएपनि त्यो पूर्ण नभएको निर्वाचन अधिकृतको कार्यालयले बताएको हो ।
    जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार गत स्थानीय निर्वाचनमा भन्दा निकै कम मतदान भएको हो । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । कुनैपनि मतदान केन्द्रमा गत बैसाखमा जस्तो मतदान नभएको निर्वाचन अधिकृतहरुले जानकारी दिए ।
    बिहानैदेखि मतदाताहरु एकादुई मात्रै पुगेर मतदान गरेका थिए । सहर बजारमा पढ्न बसेका युवायुवतीदेखि देशबिदेशमा भएकाहरुले यो निर्वाचनमा चासो कम दिएको देखिएको हो । तमानखोलाको खुंखानीदेखि सदरमुकामको बालमन्दिर मतदान केन्द्रमा पनि समान प्रकृतिको उपस्थिति देखिनुले निर्वाचनमा चासो कम भएको अनुभव भएको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले बताए ।
    थोरै युवाहरुमात्र मतदानमा सहभागि भएको देखिएको सरोकारवालाले पनि बताए । ‘यो पटक निर्वाचनको लागि भीड लागेको कतिबेला पनि देखिएन’ बानपा–२ का भूपेन्द्र खड्काले भने, ‘युवालाई राजनीतिको चासो लाग्न छाडेछ भन्ने यो संकेत हो ।’ कतिपयलाई बोलाएर मत खसाल्न ल्याउन खोज्दापनि नआएको उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend